काठमाडौं। चीनले नेपाललाई साढे चौध अर्ब रुपैयाँ नयाँ आर्थिक सहयोग घोषणा गरेको छ। चीनको हाइनानस्थित बोआओ सहरमा राष्ट्रपति रामवरण यादवसँगको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ आर्थिक सहयोग प्रस्ताव गर्दै सुरक्षा सहयोग सुदृढ गर्न आग्रह गरेका हुन्।
‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्न शनिबार त्यहाँ पुगेका नेपाल र चीनका राष्ट्रपतिबीच साँझ बोआओस्थित स्टेट गेस्ट हाउसमा करिब आधा घन्टा औपचारिक भेटवार्ता भएको थियो। 
‘कोदारी राजमार्गको स्तरोन्नति र अन्य यातायात पूर्वाधारमा लगानी गर्ने गरी चिनियाँ राष्ट्रपतिले नेपाललाई ९० करोड युआन (करिब १४ अर्ब ४८ करोड रुपैयाँ) आर्थिक सहयोग घोषणा गरेका छन्,’ बोआओमा दुई राष्ट्रपतिबीचको भेटवार्तामा संलग्न राजदूत मास्केले भने, ‘पाँच वर्षभित्र तालिमलगायत १५ सय कार्यक्रम तथा कृषि प्रविधिमा सहयोग गर्न चीन तयार भएको छ।’
भेटमा चिनियाँ राष्ट्रपति सिले नेपाल र चीनबीचको सम्बन्ध ठूलो र सानो देशभित्रको शान्तिपूर्ण सहअस्तित्व र परस्परिक सहयोगको मोडल भएको बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। सिले यातायात सम्पर्क, भौतिक पूर्वाधार, जलविद्युत विकास, कृषिको आधुनिकीकरण, विज्ञान तथा प्रविधिको क्षेत्रमा सहकार्यलाई मजबुत पार्नु पर्ने बताए।
राष्ट्रपति यादवले नेपाल संविधानसभाबाट संविधान बनाउने प्रक्रियामा रहेको जानकारी दिँदै नयाँ आर्थिक सहयोगप्रति चीनलाई धन्यवाद दिएका छन् । राजदूत मास्केका अनुसार चिनियाँ राष्ट्रपतिले नयाँ संविधान छिट्टै जारी होस् भनेर नेपाललाई शुभकामना दिए। राष्ट्रपति यादवले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवका अवसरमा स्वागत गर्न उत्सुक रहेको भन्दै चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको मास्केले जनाए।
‘नेपालले आफ्नो भूमिमा कुनै पनि शक्तिलाई चीनविरोधी गतिविधि गर्न अनुमति दिने छैन भन्ने हामी आशा गर्छौं,’ पिपुल्स डट सिएनले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीलाई उद्धृत गर्दै लेखेको छ, ‘कानुन प्रवर्द्धन र सुरक्षा सहयोग अझ प्रगाढ बनाउन दुवै पक्ष तयार हुनुपर्छ।’
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने