नेपाल धरती माता

कविता
332461_10150547103233803_1286420203_o

आज एउटा पत्र लेख्दैछु

नेपाल धरती माता तिमीलाई
खोइ,

मैले शब्द भेटाउन सकिनँ
कसरी सम्वोधन गरुम तिमीलाई
तिमीलाई त हिजै थाह थियो होला
माघ आठ गते संविधान बन्दैन भनेर
तर ती पातकीहरुले संसद भवनभित्र
खाजा भत्ता भन्दै खाए जनताको रगत चुसेर
जनताको रगत र पसिनाले पालेका ती छ सय एक
देशभक्त भष्ट्र साँढे नेताहरु
संविधान बनाउने त कुरै छैन्

संसद भवनभित्र छिरेर
विदेशीले बनाइदिएका कुर्ची टेबल भाँच्ने

ती भद्र नेताहरु
उखान टुक्का जोड्दै केपी ओली भन्ने गर्दछन्
हावा हल्ले पनि रुख हल्लिँदैन भन्दै अौँला ठड्याउँदै
भन्छन् आदिवासी जनजातिहरुलाई -माकाफुइँ
धन्न हो के. पी. जी माइकको झटारोबाट फुत्कियौ
नत्र चढने थियौ एम्बुलेन्सको बुई
एमालेको ढेडुवालाई मानसिक रोगले छुयो कि क्या हो
जतिसक्दो छिट्टो देशको राजस्व निकाली राँची पठाइ देऊ
माओवादीलाई जंगल, काग्रेस र एमालेलाई भारततिर
राप्रपालाई खरानी घसी नागा बाबा बनाइदेऊ
गरिब निमुखा जनताले अरु के गर्न सक्छ र ?
बरु सबै मिलेर जोडदार ताली बजाइ देऊ
सकिन्छ भने जनता एकजुट भई ती भष्ट्र घुस्याहा
धोकेबाज नेताहरुलाई डाडै कटाइ देऊ
जनतासंग एउटा कुरा संसदभित्र अर्को कुरा
किनबेच चलखेलमा बिक्ने रैछ यी नेता मोरा
जनतालाई संविधान दिने छैन कुरा
बरु जनताको बिचमा सारी लगाई हिँड नकचरो नेता मोरा
कसैले सांसद किने, कसैले गुण्डा किने, कसैले साधु सन्त
कसैले मारवाडीको नाममा किने जापानिज पजेरो
कति दिनसम्म जनतालाई ढाँटेर सदन र सडकमा कुर्ली बस्छौ
सरम धरम छैन हाम्रा देशका नेता नकचरो
नेपाल धरती माता
तिमीले जन्माउन सकेनौ देशका लागि सच्चा देशभक्त नेता
अहिले आएर तिम्रै छातीमाथि टेकेर संसद भवनभित्र
कुस्ती खेल्दैछन् यी भष्ट्र हाम्रा देशका नेता
देशका मै हुँ भन्ने नेताहरुले नदीनाला जति बेचेर खाए
अब बाँकी रहयो धरती माता तिम्रै छाती
देशलाई स्वीटजरलैण्ड बनाउँछु भन्दाभन्दै
विदेशीले जमाए आफनो हैकम
लौ हेर, हाम्रा नेताको गति
दशवर्षे जनयुद्ध र ६२/६३ को जनआन्दोलन पछि
देशमा आयो लोकतन्त्र अनि गणतन्त्र
राजा ज्ञानेन्द्रले आफनो एकाधिकार जमाउँछु भन्दाभन्दै गयो
२४० वर्षे राजतन्त्र
देशका केही जनताले माग्दछन् राजतन्त्र
कोही जनता माग्दछन् लोकतन्त्र अनि गणतन्त्र
लोकतन्त्र, गणतन्त्र, राजतंन्त्र जसले जे भट्याए पनि
आखिर चल्ने रहेछ विदेशीको मन्त्र
आज देशमा जन्मन सकेका छैनन् देश हाँक्न सक्ने सक्षम नेता
पर्दछन् तिनै विदेशीकै भर
विदेशीकै आड र भरोसामा बसेका छन हाम्रा देशका नेता
जनतासंग के को डर ?
शितल निवासमा शपथ लिँदा आत्मा साक्षी राखी भन्ने गर्दछन् रे
प्रभु हामी आएका छौँ तिम्रै शरणमा
देशको लागि हजारौ जनताले रगतको खोला बगाएर ल्याएको
लोकतन्त्र, गणतन्त्र सुम्पिदै छौ तिम्रै चरणमा
दशवर्षे जनयुद्ध र ६२/६३ को जनताले गरेको
जनआन्दोलन ब्यर्थमा खेर गयो हरे
शहीदको नाममा राष्ट्रको ढुकुटी सखापै पारे
बल्ल जनतालाई थाह भयो शहीदको नाममा निकासी रकम एकलौटी स्वीटजरलैण्ड बैंकमा रे
धरती माता जनतालाई मात्र नभइ तिमीलाई पनि
नंग्याउनसम्म नंग्याए यी भष्ट्र नेताहरुले
छोरीचेलीको मात्र होइन तिम्रो पनि इज्जत लुट्न थाले
अब कति थेग्न सक्छौ र धरतीमा तिमीले
हाम्रा नेताले छोरीचेली मात्र होइन
तिमीलाई पनि भारततिर सुम्पिन थाले
लण्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री