लन्डन । ब्रुनाइका सुल्तान, साउदी शाही परिवार वा दुवइ घरानाकोमा सेक्युरिटी गार्डको जागिर दिलाइदिने आश्वासन दिएर भूपू गोर्खाहरुबाट तीस हजार पाउण्ड भन्दा बढि रकम ठग्ने एक भूपू गोर्खा सैनिकले ३२ महिना जेल सजाय भोग्नु परेको छ । नर्थह्याम्पटन क्राउन कोर्टले चोरी अभियोगमा दश महिना र जालसांजीमा २२ गरि ३२ महिना जेल सजाय तोकेको हो ।
ल्याङकेष्टर वे फार्नवोरो निवासी ३४ वर्षीय सन्दीप गुरुङले जागिर लगाइदिने बहानामा गत अगष्ट २०१३ देखि जनवरी २०१४ भित्र पटक पटक भूपू गोर्खाहरुबाट करिव २८ हजार पाउण्ड ठगेका थिए । यसबाहेक वाल उद्यान सञ्चालन गर्ने एउटा कम्पनीको ५ हजार पाउण्ड चोरेको अभियोगमा उनी दोषी पाइएका हुन् ।
न्यायधिश तिमोथी स्मिथले गुरुङको क्रियाकलाप सुव्यवस्थित तर निदर्यी खालको भएको बताउंदै फैसलाका क्रममा भनेका छन्, ‘तिमीले रिझाएर धेरै गोर्खाको विश्वास जितेपनि त्यो विश्वास घात गर्यौ जुन ज्यादै लज्जास्पद छ ।’ न्यायधिश स्मिथले गोर्खा रेजिमेन्ट ब्रिटिश आर्मीको ज्यादै गर्व गर्न लायक पल्टन भएको स्मरण गर्दै यो घट्नाले गुरुङ स्वयंमात्र होइन, परिवार र अन्य सहकर्मीहरुको समेत शिर झुकाइदिएको बताएका छन् । ‘तिमीले सोझा भूपू गोर्खाहरुलाई शिकार बनायौ’, स्मिथको फैसला छ ।
अर्कालाई सजिलै विश्वासमा लिन सक्ने खुवी भएका गुरुङले ब्रिटिश आर्मी रेजिमेन्टको अनुभव, नातासम्वन्ध, नेपाली संस्कृति जोडेर धेरै भूपू गोर्खाहरुको हजारौं पाउण्ड ठगेको अदालतको निष्कर्ष छ । उनले प्रत्येक पीडितसंग आफ्नो पनि एउटै थर भएको वा उसको नातेदार पर्ने बताएर ठग्दै आएका थिए ।
अदालतका अनुसार, गुरुङले सेक्युरिटी जागिर शुरु गर्नुअघि सिसिटिभी लाइसेन्सको पैसा तिर्न वाध्य पार्थे । वाल खेल सञ्चालन गर्ने रेडिङ नजिकैको ‘जंगल मेनिया’ नामक एक कम्पनीमा महाप्रवन्धक हुंदा गुरुङले कम्पनी मालिक ह्दयघात भएर दश दिन व्यापारमा नआएको मौका छोपी ५ हजार पाउण्ड चोरेका थिए । उनले भूपू गोर्खाहरुलाई ब्रिटिश सरकारबाट ऋण पाइने सम्मको प्रलोभन देखाएर पहिले आफ्नो खातामा रकम हाल्न भन्ने गरेको समेत पाइएको छ ।
सैनिक सेवामा छंदा विना सूचना बिदा बसेको र तत्कालिन समयमा पनि चोरीका ६ अपराध गरेका कारण गुरुङ सन् २००८ मा सैनिक सेवाबाट निकालिएका थिए ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ