काठमाडौं। अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी विश्व कप क्रिकेट प्रतियोगितामा कतारमा रहेका नेपाली कामदारका अवस्थामा गरिएको प्रदर्शनको फोटो भाइरल भएको छ।
भारत र बंगलादेशबीच गत बुधबार अस्ट्रेलियाको मेलवर्नमा भएको क्वाटर फाइनल खेलमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य तथा आप्रवासी कामदार वेलफेयरका सह अध्यक्ष दीपा राईले स्टेडियममै कतारमा काम गर्न जाने नेपालीको दयनीय अवस्थाको बारेमा ब्यानर देखाएकी थिइन्। ‘युनाइटेड अगेन्स्ट स्लेभरी अफ माइग्रेन्ट वर्कर्स इन कतार’ लेखिएको ब्यानरसहित सो फोटो इन्टरनेटमा भाइरल भएको हो।
उनले तीन मिनेटसम्म ब्यानर प्रदर्शन गरेकी थिइन्। त्यस लगत्तै सो स्थानमा आएका प्रहरीले राईलाई पक्राउ गरेर केही समय हिरासतमा राखेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नियमअनुसार कुनै पनि राजनीतिक विषय बुझाउने नारा प्रदर्शन गर्न र खेल नभएका मुलुकको झण्डा समेत बोक्न पाइदैन।
सन् २०२२ को विश्वकप फुटवल आयोजना गर्ने अधिकार पाएको कतारमा आप्रवासी कामदारको अवस्था निकै दयनीय छ। ट्रेड युनियन तथा मानवअधिकारवादी संघसंस्था अतिरिक्त अन्यले पनि कतारमा कार्य वातावरण सुधार गर्नेपर्ने माग गर्दै आएका छन्।
कमजोर कार्य वातावरणको स्टेडियम तथा विश्वकप फुटवल प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण सम्ममा सैयौं कामदारको मृत्यु हुने अनुमान गरिएको छ। सन् २०१४ मा मात्रै विश्वकपका लागि तयार पारिंदै गरेको भौतिकधारमा काम गर्न गएका १ सय ९ जना नेपाली कामदारको मृत्यु भएको छ। कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार प्राप्त गरेको छ।
‘क्रिकेट हेरिरहेका विश्वभरका जनतालाई कतारका आप्रवासी कामदारको दयनीय अवस्था देखाउन चाहेको थिएं’ उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई भनेकी छन्।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत