काठमाडौं। अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी विश्व कप क्रिकेट प्रतियोगितामा कतारमा रहेका नेपाली कामदारका अवस्थामा गरिएको प्रदर्शनको फोटो भाइरल भएको छ।
भारत र बंगलादेशबीच गत बुधबार अस्ट्रेलियाको मेलवर्नमा भएको क्वाटर फाइनल खेलमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य तथा आप्रवासी कामदार वेलफेयरका सह अध्यक्ष दीपा राईले स्टेडियममै कतारमा काम गर्न जाने नेपालीको दयनीय अवस्थाको बारेमा ब्यानर देखाएकी थिइन्। ‘युनाइटेड अगेन्स्ट स्लेभरी अफ माइग्रेन्ट वर्कर्स इन कतार’ लेखिएको ब्यानरसहित सो फोटो इन्टरनेटमा भाइरल भएको हो।
उनले तीन मिनेटसम्म ब्यानर प्रदर्शन गरेकी थिइन्। त्यस लगत्तै सो स्थानमा आएका प्रहरीले राईलाई पक्राउ गरेर केही समय हिरासतमा राखेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को नियमअनुसार कुनै पनि राजनीतिक विषय बुझाउने नारा प्रदर्शन गर्न र खेल नभएका मुलुकको झण्डा समेत बोक्न पाइदैन।
सन् २०२२ को विश्वकप फुटवल आयोजना गर्ने अधिकार पाएको कतारमा आप्रवासी कामदारको अवस्था निकै दयनीय छ। ट्रेड युनियन तथा मानवअधिकारवादी संघसंस्था अतिरिक्त अन्यले पनि कतारमा कार्य वातावरण सुधार गर्नेपर्ने माग गर्दै आएका छन्।
कमजोर कार्य वातावरणको स्टेडियम तथा विश्वकप फुटवल प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण सम्ममा सैयौं कामदारको मृत्यु हुने अनुमान गरिएको छ। सन् २०१४ मा मात्रै विश्वकपका लागि तयार पारिंदै गरेको भौतिकधारमा काम गर्न गएका १ सय ९ जना नेपाली कामदारको मृत्यु भएको छ। कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्ने अधिकार प्राप्त गरेको छ।
‘क्रिकेट हेरिरहेका विश्वभरका जनतालाई कतारका आप्रवासी कामदारको दयनीय अवस्था देखाउन चाहेको थिएं’ उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई भनेकी छन्।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान