लण्डन । नेपालका तर्फबाट ओलम्पिकमा समेत भाग लिएका पूर्व गोरखा सैनिकले आयोजना गरेको बक्सिङ प्रतियोगितामा कुर्सी हानाहान भएको छ ।
ओलम्पियन झपट भुजेलको मेडिस्टोन गोरखा बक्सिङ क्लवले शनिबार न्यु लाइन लर्निङ एकेडेमी, मेडिस्टोनमा आयोजना गरेको बक्सिङ प्रतियोगितामा सहभागी दर्शकहरुबीच झगडा भएको हो ।
स्थानीय केन्ट अनलाइनका अनुसार बक्सिङ प्रतियोगिता हेर्न आएका दर्शकहरुबीच कुर्सी र मुक्का हानाहान भएको थियो । अकस्मात हावामा कुर्सी र मुक्का नाच्न थालेपछि सहभागीहरु तीन छक्क परेका थिए । साना साना बालबच्चासित आएका महिलाहरु भयभीत बनेका थिए ।
घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी कार्यक्रम स्थलमा पुगेको थियो । त्यतिबेलासम्ममा घटनामा संलग्नहरु तितरबितर भइसकेका थिए ।
घटनास्थलमा रहेका लिबरल डेमोक्र्याटिक पार्टीका तर्फबाट सो क्षेत्रका आगामी संसदीय चुनावका उम्मेदवार जस्पर हेराल्डको भनाइ उदधृत गर्दै केन्ट अनलाइनले लेखेको छ, “कार्यक्रमको बीचमा खानाका लागि ब्रेक भएको बेलामा सो घटना भयो । म त खानाका लागि मानिसहरु गएका होलान् भन्दैथिएँ एकैचोटी हावामा कुर्सीहरु नाच्न थाले ।”
“त्यो घटना बक्सिङ प्रतियोगितासित सम्बन्धित थिएन । मलाई लाग्छ त्यो दुई ग्याङको आपसी झगडा थियो” उनले थपे । उनले पूर्व गोरखा सैनिकले बक्सिङको माध्यमबाट युवाहरुलाई सकारात्मक कार्यमा लगाएकोमा प्रशंसा  समेत गरे ।
प्रतियोगिताका आयोजक झपट भुजेलले वीनेपालीसित प्रतिक्रिया दिँदै झगडा बक्सिङसँग सम्बन्धित नभएको प्रष्ट पारे । घटनाले आफूलाई दुखीत तुल्याएको बताउँदै उनले करिब पाँच मिनेट त्यस्तो घटना भए पनि त्यसपछि शान्तसँग कार्यक्रम सम्पन्न भएको बताए ।
भुजेलले निजी खर्चमा विगत चार वर्षदेखि यस्तो प्रतियोगिता गर्दै आएका छन् ।
सो प्रतियोगितामा १० विधामा प्रतिस्पर्धा भएको थियो । आगामी मे महिनामा उनले यो भन्दा बृहत प्रतियोगिता आयोजना गर्दैछन् ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह