काठमाडौं। नयाँ संविधानको प्रमुख अन्तर बस्तुको सहमति जुट्न नसकेर संविधान लेखनको विषय छायाँमा परिरहेको बेला एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार चीनको पाँच दिने भ्रमणमा गएका छन्।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबारसम्म दलहरुलाई विषय वस्तु वा प्रक्रियामा सहमति नगरे संविधानसभा नियमावली अनुसार चल्ने बताउँदै आएका छन्। सभाध्यक्ष नेम्वाङको समयसीमासम्म दाहाल देश बाहिर नै रहने छन्।
उनले आफू जानुको कारणबारे विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘अहिले नेपालको संक्रमणकालको बारेमा एकअर्काको धारणा बुझ्ने र यसलाई सफल पार्ने वातावरण बनाउन पनि सहयोग पुग्छ भन्ने अपेक्षा छ।’
सत्तापक्ष र विपक्षी दलहरुबीचको तिक्तताका कारण संविधान लेखनको विषय झन्डै दुई महिनादेखि ओझेल परिरहेको बेला प्रचण्ड चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको कुन्मिङ गएका हुन्। दाहालसँगै उनकी पत्नि सीता दाहाल र पार्टीका महासचिव कृष्णबहादुर महरा छन्।
बिहीबार राष्ट्रपति रामवरण यादव चीन जाने कार्यक्रम छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते