काठमाडौं। नयाँ संविधानको प्रमुख अन्तर बस्तुको सहमति जुट्न नसकेर संविधान लेखनको विषय छायाँमा परिरहेको बेला एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार चीनको पाँच दिने भ्रमणमा गएका छन्।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बुधबारसम्म दलहरुलाई विषय वस्तु वा प्रक्रियामा सहमति नगरे संविधानसभा नियमावली अनुसार चल्ने बताउँदै आएका छन्। सभाध्यक्ष नेम्वाङको समयसीमासम्म दाहाल देश बाहिर नै रहने छन्।
उनले आफू जानुको कारणबारे विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘अहिले नेपालको संक्रमणकालको बारेमा एकअर्काको धारणा बुझ्ने र यसलाई सफल पार्ने वातावरण बनाउन पनि सहयोग पुग्छ भन्ने अपेक्षा छ।’
सत्तापक्ष र विपक्षी दलहरुबीचको तिक्तताका कारण संविधान लेखनको विषय झन्डै दुई महिनादेखि ओझेल परिरहेको बेला प्रचण्ड चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको कुन्मिङ गएका हुन्। दाहालसँगै उनकी पत्नि सीता दाहाल र पार्टीका महासचिव कृष्णबहादुर महरा छन्।
बिहीबार राष्ट्रपति रामवरण यादव चीन जाने कार्यक्रम छ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग