काठमाडौं। गरिब सिंगापुरलाई विश्वकै प्रमुख आर्थिक केन्द्र बनाउने संस्थापक प्रधानमन्त्री लि क्वान युको ९१ वर्षको उमेरमा सोमबार निधन भएको छ। कुनै प्राकृतिक स्रोत नभएको सानो बन्दरगाह शहर सिंगापुरलाई विश्वको प्रमुख केन्द्रको रुपमा विकास लि क्वानको नेतृत्वमा भएको थियो। उनीले अविछिन्न रुपमा ३१ वर्षसम्म सिंगापुरको प्रधानमन्त्रीको रुपमा काम गरे। लि क्वानको समृद्ध सिंगापुर बनाउने अभियानमा गोर्खालीहरुको भूमिका महत्वपूर्ण छ । 
लि क्वानको नेतृत्वमा सिंगापुर कसरी तेस्रो विश्वबाट पहिलो विश्वमा परिणात भयो यो सफलताको साथ विश्वभर निकै पढिन्छ। देशलाई कसरी सफलता बनाउन सकिन्छ भनेर विश्वका धेरैले सिंगापुरको प्रगतिलाई उदाहरणको रुपमा प्रस्तुत गर्ने गरेका छन्। यो सिंगापुरको सफलताको पछि गोर्खालीहरुको ठूलो भूमिका थियो ।
बेलायत र मलेसियाबाट लि क्वानको नेतृत्वमा सिंगापुरले स्वतन्त्रता प्राप्त गरेको थियो। स्वतन्त्र सिंगापुरमा जातीय र राजनीतिक तनाव निकै बढेको थियो। लि क्वानले सिंगापुर प्रहरीमा गोर्खाहरुको प्रयोग गरेर जातीय तथा राजनीतिक द्वन्द्व समाधान गरेका थिए।
सिंगापुर प्रहरीको स्थापनाअघि नै सिंगापुरमा गोर्खाहरु लोकप्रिय थिए। लि क्वानको आत्मकथा (पहिलो भोलुम) मा यो देख्न सक्छौं।
अमेरिकी नौसैनिकको प्रवेशसँगै दोस्रो विश्वयुद्ध प्रशान्त क्षेत्रमा उत्कर्षतर्फ अघि बढेको थियो। जापानी साम्राज्यको सेनाले सिंगापुरमा बेलायतीलाई आत्मसमर्पण गराएको थियो। युवा लि क्वानको घरबाटै गठबन्धन सेनाका युद्ध बन्दीलाई राख्ने जेल थियो। त्यहा राखिएको धेरै देश र जातिका सैनिकहरु मध्ये लि क्वानलाई दुई जातका मानिसले निकै आकर्षित गरेको थियो – गोर्खाली अर्को स्कटिस। अमानवीय तरिकामा राखिएका युद्ध बन्दी मध्ये गोर्खाली र स्कटिसले आफ्नो नैतिकता र स्वभिमानलाई सधै कायम राख्दै शीर ठाडो बनाएका थिए। त्यो कुराले युवा ली क्वानको नजरबाट नपर्ने कुरै थिएन्। उनलाई यसले आकर्षित गरेको सो पुस्तकमा उल्लेख छ।
सिंगापुरको पहिलो प्रधानमन्त्री ली क्वानले मलाया/मलेसियासँग एक पक्षीय रुपमा सम्बन्ध टुटेको घोषणा गरेपछि सिंगापुरमा जातीय र राजनीतिक तनाव उत्पन्न भयो। त्यसपछि शुरु भएको मलाया र चिनियाँबीचको तनावलाई कम गर्न लि क्वानले सिंगापुर प्रहरीमा गोर्खालीलाई छानेका थिए। सिंगापुर प्रहरीमा रहेका गोर्खालीले भीड र दंगा नियन्त्रण काम गर्दथे । त्यसले आर्थिक विकासका लागि शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
लि क्वानले नै गोर्खाली युद्धका वीर सैनिक मात्रै होइन शान्ति स्थापना गर्ने बहादुर सिपाही हुन भन्ने नयाँ पहिचान दिएका थिए। गोर्खालीले पनि कुनै प्रकार अतिवाद र उत्तेजनामा नआइ आफ्नो भूमिकालाई निर्वाह गरेका थिए। लामो सयमसम्म काम गर्दा पनि कुनै प्रकारको युद्ध अपराधमा संलग्न नभै निष्पक्ष ढगले काम गरेका थिए। लि क्वानले आफ्नो आत्मकथामा गोर्खाको निकै प्रसंसा गरेका छन्।
लि क्वानको युद्धपछि विभाजित रहेको कमजोर देशलाई शान्ति र समृद्धिको माध्यमबाट विश्वको आर्थिक केन्द्रहरु मध्ये केन्द्र बनाएका थिए। त्यसमा सिंगापुर प्रहरीको मुख्य भूमिका थियो।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?