काठमाडौं। गरिब सिंगापुरलाई विश्वकै प्रमुख आर्थिक केन्द्र बनाउने संस्थापक प्रधानमन्त्री लि क्वान युको ९१ वर्षको उमेरमा सोमबार निधन भएको छ। कुनै प्राकृतिक स्रोत नभएको सानो बन्दरगाह शहर सिंगापुरलाई विश्वको प्रमुख केन्द्रको रुपमा विकास लि क्वानको नेतृत्वमा भएको थियो। उनीले अविछिन्न रुपमा ३१ वर्षसम्म सिंगापुरको प्रधानमन्त्रीको रुपमा काम गरे। लि क्वानको समृद्ध सिंगापुर बनाउने अभियानमा गोर्खालीहरुको भूमिका महत्वपूर्ण छ । 
लि क्वानको नेतृत्वमा सिंगापुर कसरी तेस्रो विश्वबाट पहिलो विश्वमा परिणात भयो यो सफलताको साथ विश्वभर निकै पढिन्छ। देशलाई कसरी सफलता बनाउन सकिन्छ भनेर विश्वका धेरैले सिंगापुरको प्रगतिलाई उदाहरणको रुपमा प्रस्तुत गर्ने गरेका छन्। यो सिंगापुरको सफलताको पछि गोर्खालीहरुको ठूलो भूमिका थियो ।
बेलायत र मलेसियाबाट लि क्वानको नेतृत्वमा सिंगापुरले स्वतन्त्रता प्राप्त गरेको थियो। स्वतन्त्र सिंगापुरमा जातीय र राजनीतिक तनाव निकै बढेको थियो। लि क्वानले सिंगापुर प्रहरीमा गोर्खाहरुको प्रयोग गरेर जातीय तथा राजनीतिक द्वन्द्व समाधान गरेका थिए।
सिंगापुर प्रहरीको स्थापनाअघि नै सिंगापुरमा गोर्खाहरु लोकप्रिय थिए। लि क्वानको आत्मकथा (पहिलो भोलुम) मा यो देख्न सक्छौं।
अमेरिकी नौसैनिकको प्रवेशसँगै दोस्रो विश्वयुद्ध प्रशान्त क्षेत्रमा उत्कर्षतर्फ अघि बढेको थियो। जापानी साम्राज्यको सेनाले सिंगापुरमा बेलायतीलाई आत्मसमर्पण गराएको थियो। युवा लि क्वानको घरबाटै गठबन्धन सेनाका युद्ध बन्दीलाई राख्ने जेल थियो। त्यहा राखिएको धेरै देश र जातिका सैनिकहरु मध्ये लि क्वानलाई दुई जातका मानिसले निकै आकर्षित गरेको थियो – गोर्खाली अर्को स्कटिस। अमानवीय तरिकामा राखिएका युद्ध बन्दी मध्ये गोर्खाली र स्कटिसले आफ्नो नैतिकता र स्वभिमानलाई सधै कायम राख्दै शीर ठाडो बनाएका थिए। त्यो कुराले युवा ली क्वानको नजरबाट नपर्ने कुरै थिएन्। उनलाई यसले आकर्षित गरेको सो पुस्तकमा उल्लेख छ।
सिंगापुरको पहिलो प्रधानमन्त्री ली क्वानले मलाया/मलेसियासँग एक पक्षीय रुपमा सम्बन्ध टुटेको घोषणा गरेपछि सिंगापुरमा जातीय र राजनीतिक तनाव उत्पन्न भयो। त्यसपछि शुरु भएको मलाया र चिनियाँबीचको तनावलाई कम गर्न लि क्वानले सिंगापुर प्रहरीमा गोर्खालीलाई छानेका थिए। सिंगापुर प्रहरीमा रहेका गोर्खालीले भीड र दंगा नियन्त्रण काम गर्दथे । त्यसले आर्थिक विकासका लागि शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
लि क्वानले नै गोर्खाली युद्धका वीर सैनिक मात्रै होइन शान्ति स्थापना गर्ने बहादुर सिपाही हुन भन्ने नयाँ पहिचान दिएका थिए। गोर्खालीले पनि कुनै प्रकार अतिवाद र उत्तेजनामा नआइ आफ्नो भूमिकालाई निर्वाह गरेका थिए। लामो सयमसम्म काम गर्दा पनि कुनै प्रकारको युद्ध अपराधमा संलग्न नभै निष्पक्ष ढगले काम गरेका थिए। लि क्वानले आफ्नो आत्मकथामा गोर्खाको निकै प्रसंसा गरेका छन्।
लि क्वानको युद्धपछि विभाजित रहेको कमजोर देशलाई शान्ति र समृद्धिको माध्यमबाट विश्वको आर्थिक केन्द्रहरु मध्ये केन्द्र बनाएका थिए। त्यसमा सिंगापुर प्रहरीको मुख्य भूमिका थियो।
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार