शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: ०३:०८ | UK Time: 22:23

प्रचण्ड र वैद्यबीच पार्टी एकता वार्ता

वीनेपाली
२०७१ चैत ८ गते ४:४३

काठमाडौं। एकीकृत नेकपा माओवादी र नेकपा-माओवादीबीच पार्टी एकताको वार्ता भएको छ। आइतबार बिहान बुद्धनगरस्थित नेकपा-माओवादीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच ६ बुँदे आधार पत्र र कार्यनीतिबारे खुला छलफल गर्ने सहमति भएको छ।Maoist_Dual

साथै बैठकले यसअघि वैद्य माओवादीका तर्फबाट प्रस्तुत भएको एकताको छ बुँदे आधारबारे थप छलफल गर्ने पहल गरेको बताइएको छ। छलफलका लागि एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु आइतबार बिहानै बैद्य माओवादीको कार्यालय बुद्धनगरमा पुगेका थिए ।

बैठकमा एकीकृत माओवादीको तर्फबाट दाहालका अतिरिक्त नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझीको सहभागिता थियो भने नेकपा-माओवादीबाट वैद्यका अतिरिक्त उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङको सहभागिता थियो।

वार्तामा एमाओवादी र वैद्य माओवादीका पदाधिकारीहरु सहभागी थिए । प्रचण्ड र बैद्य माओवादीले हालैमात्र दुबै पक्षका पदाधिकारी संलग्न रहेको वार्ता समिति समेत गठन गरेका हुन् ।

२०६ असार ४ गते तत्कालिन उपाध्यक्ष वैद्यले दाहालमाथि पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाउँदै विभाजित गरेका थिए। साथै शान्ति र संविधानको बाटो असफल भएको उल्लेख गर्दै क्रान्तिको तयारी गर्नुपर्ने धारणा राख्दै आएको वैद्यले २०७० मंसिरमा भएको संविधानसभाको निर्वाचन बहिस्कार गरेका थिए।

पछिल्लो समय नेकपा-माओवादीले क्रान्तिको नेतृत्व गर्न नसक्ने ठहर गर्दै नेत्रविक्रम चन्दको नेतृत्वमा नेकपा (माओवादी) गठन गरेको छ । नेकपा माओवादीले शान्ति र संविधानको कार्यनीति पारित गरेपछि सानो ठूलो गरि ५ वटा पार्टी बनेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक