काठमाडौं। सरकारले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले दोस्रो चरणको आन्दोलन निस्तेज बनाउन योजना बनाउने भएको छ। त्यसका लागि आन्दोलनको समिक्षा र सुरक्षा तयारीका लागी गृह मन्त्रालयले पाँचै क्षेत्रका सुरक्षा प्रमुखहरुलाई काठमाडौं बोलाएको छ। 
३० दलिय मोर्चाले आव्हान गरेको आम हड्ताल सहितको आन्दोलनमा केन्द्रीत सुरक्षा रणनीति बनाउन गृहले क्षेत्रिय प्रशासक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका क्षेत्रिय प्रमुखलाई काठमाडौं बोलाएको हो।फागुन महिनाभर पहिलो चरणको प्रचारात्मक आन्दोलन गरेका विपक्षी मोर्चाले दोस्रो चरणमा क्रियात्मक आन्दोलन हुने जनाएको छ। त्यसका लागि आक्रामक सडक आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ।
संविधान निर्माणका लागी सत्ताधारी दलसँग वार्ता जारी रहेकै अवस्थामा एकिकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाले चैत ११ गते देखिको आन्दोलनमा सिठीजुलस, भाटे जुलुसदेखि आमहड्तालको कार्यक्रमसम्म रहेका छन्।
घोषित कार्यक्रममा चैतको १८ मा र २४ देखि२६ आमहड्ताल छ। आन्दोलनका क्रममा हुने गतिविधीसँगै आमहड्ताललाई असफल बनाउने रणनीति बुन्न गृहले आइतबार मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक डाँकेको छ ।
सो बैठकमा गृह मातहतका तीन सुरक्षा निकायका प्रमुख,नेपाली सेनाको प्रतिनिधी सहितको बैठक बस्दैछ। स्रोतका अनुसार गृहले पाँच क्षेत्र र उपत्यकाका सुरक्षा प्रमुखलाई आफ्नो क्षेत्रको अवस्था, आमहड्ताल असफल बनाउन अपनाउन सकिने रणनीति, आउनसक्ने सुरक्षा चुनौती र व्यवस्थापनबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत