काठमाडौं। तिलस्मी कथाहरुमा आधारित पुस्तकको श्रृङखा लेखेर विश्व प्रसिद्ध बनेकी स्कटिस लेखिका जे के रोलिङ काठमाडौं आएकी छन्। काठमाण्डौं आएपछि उनी ब्रिटिस स्कुलले आयोजना गरेको विद्यार्थीसँग अन्तक्रियामा सहभागी भइन् ।
आफ्नो स्कुलमा विश्व प्रसिद्ध लेखिका रोलिङ आउने खबरले विद्यार्थीहरुमा उत्साहको सीमा थिएन। उनीहरुको उत्साह ब्रिटिस स्कुलले आफ्नो वेबसाइटमा राखेका फोटोमा देख्न सकिन्छ।
उनी सो स्कुलको कार्यक्रममा सहभागी हुन बिहीबार साझ निजी विमानबाट काठमाडौं आएकी हुन्। सो स्कुलका विद्यार्थीहरुले उनको चर्चित उपन्यास ‘ह्यारी पोट्टर’ का विभिन्न चरित्र तथा पात्रको हाउभाउ देखाउंदै त्यस्तै कपडामा रोलिङलाई स्वागत गर्न आतुर थिए। रोलिङ आइतबारसम्म नेपाल रहने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
विद्यार्थीहरुले पुस्तक, जीवन, प्रेरणासहित विविध विषयमा सोधेको प्रश्नको जवाफ रोलिङले उत्साहजनक रुपमा दिएको ब्रिटिस स्कुलले जनाएको छ।
बेलायती सैनिक समुदायलाई निकट सम्बन्ध राख्ने बिएफबिएस् रेडियोसँगको अन्तर्वार्तामा रोलिङले काठमाडौंस्थित बेलायती दूतावासमा कार्यरत कर्णेल ह्यारिसको निम्तोमा नेपाल आएको बताएकी छिन्। निजी भ्रमणमा आएकाले उनको भ्रमणलाई निकै गोप्य राखिएको छ।
‘म पहिलोपटक नेपाल आएकी हुँ। म यहाँ आउनुको कारण के हो भने मेरा एकजना प्रिय र पुराना मित्र बेलायती दूतावासमा सुरक्षा अधिकारी हुनुहुन्छ- कर्नेल ह्यारिस। हामी उहाँलाई भेट्न आएका हौँ। मैले भन्नैपर्छ कि म यो सुन्दर ठाउँमा आउँदा निकै खुसी छु,’ अन्तर्वार्ताको क्रममा उनले भनेकी छिन्।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक