काठमाडौ। प्रहरीले काठमाडौंको वसन्तपुरमा ट्युसन पढ्न गएका दुई युवतीमाथि एडिस आक्रमणमा संलग्न रहेको भन्दै एक युवकलाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार संगीता पुलामी मगर बस्दै आएको वसन्तपुर क्षेत्रको घरमै यसअघि भाडामा बस्दै आएका जीवन बिकलाई एसिड फालेको आरोपमा पक्राउ गरेको हो। मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो । प्रहरीले सिक्किम गान्तोकबाट बिकलाई पक्राउ गरि ल्याएको छ। आज अपरान्ह पत्रकार सम्मेलन गरी त्यसबारेमा प्रहरीले जानकारी दिने बताइएको छ । फागुन-१० गते एक टयुसन सेन्टरमा पढिरहेको बेला संगीता र उनीहसँगै रहेकी सीमा बस्नेतमाथि एसिड प्रहार गरिएको थियो। गम्भीर घाइते दुई जनै छात्रा उपचारकै क्रममा अस्पताल भर्ना छिन्। प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर बिकलाई सार्वजनिक गरिने जनाएको छ।
आक्रमण भएको लामो समयसम्म पनि दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना हुँदै आएको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते