काठमाडौं। आकांक्षीको लामो सूची र चर्को लबिङलाई पछि पर्दै अर्थशास्त्री चिरञ्जिवी नेपाल नेपाल राष्ट्र बैंकको गभर्नर भएका छन्। बिहीबार मन्त्रिपरिषद बैठकले १६ औं गभर्नरका रूपमा नेपाललाई केन्द्रीय बैंकको नेतृत्व दिने निर्णय लिएको हो ।
गभर्नरका रूपमा युवराज खतिवडाको पदावधि सकिएकै दिन सरकारले आगामी ५ वर्षका लागि अर्थशास्त्री नेपाललाई गभर्नर बनाएको छ ।
अर्थमन्त्री रामशरण महत संयोजकत्वको सिफारिस समितिले बुधबार मात्र नेपालसहित डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।
नवनियुक्त गभर्नर नेपाल यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए । उनले तत्कालीन अर्थमन्त्री शंकर कोइरालाको आर्थिक सल्लाहकार तथा विदेशमन्त्री सुजाता कोइरालाको सल्लाहकारका रूपमा समेत काम गरेका थिए । श्रम–सम्बन्ध (लेबर रिलेसन) मा विद्यावारिधि नेपालसँग धितोपत्र बोर्डलगायत विभिन्न निजी तथा सरकारी निकायमा नेतृत्वकारी कामका अनुभव छन् ।
पुर्खौली घर पाल्पा रहेका उनी राजनीतिक आस्थाले कांग्रेस निकट हुन् । उनी त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा अध्ययन क्रममै नेपाल विद्यार्थी संघसँग आबद्ध भएर कांग्रेससँग नजिकिएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते