काठमाडौं। आकांक्षीको लामो सूची र चर्को लबिङलाई पछि पर्दै अर्थशास्त्री चिरञ्जिवी नेपाल नेपाल राष्ट्र बैंकको गभर्नर भएका छन्। बिहीबार मन्त्रिपरिषद बैठकले १६ औं गभर्नरका रूपमा नेपाललाई केन्द्रीय बैंकको नेतृत्व दिने निर्णय लिएको हो ।
गभर्नरका रूपमा युवराज खतिवडाको पदावधि सकिएकै दिन सरकारले आगामी ५ वर्षका लागि अर्थशास्त्री नेपाललाई गभर्नर बनाएको छ ।
अर्थमन्त्री रामशरण महत संयोजकत्वको सिफारिस समितिले बुधबार मात्र नेपालसहित डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।
नवनियुक्त गभर्नर नेपाल यसअघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए । उनले तत्कालीन अर्थमन्त्री शंकर कोइरालाको आर्थिक सल्लाहकार तथा विदेशमन्त्री सुजाता कोइरालाको सल्लाहकारका रूपमा समेत काम गरेका थिए । श्रम–सम्बन्ध (लेबर रिलेसन) मा विद्यावारिधि नेपालसँग धितोपत्र बोर्डलगायत विभिन्न निजी तथा सरकारी निकायमा नेतृत्वकारी कामका अनुभव छन् ।
पुर्खौली घर पाल्पा रहेका उनी राजनीतिक आस्थाले कांग्रेस निकट हुन् । उनी त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा अध्ययन क्रममै नेपाल विद्यार्थी संघसँग आबद्ध भएर कांग्रेससँग नजिकिएका थिए ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक