काठमाडौं। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि राजनीतिक दलहरूलाई एक साताको समय दिएका छन्। प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त बैठक बोलाएर नेम्वाङले चैत ११ गतेभित्र विषय वा प्रक्रियामा सहमति नभए नियमावलीअनुसार अघि बढ्ने चेतावनी दिएका हुन्।
‘चैत ११ अघि नै संविधानका अन्तर्वस्तु वा प्रक्रियामा सहमति गर्नुस्,’नेम्वाङले यो समयसीमा नाघे नियमावली बमोजिम अघि बढ्ने चेतावनी दिँदै प्रमुख दलका शीर्ष नेताहरूसामु भने, ‘नभए ११ गतेपछि मुलुकको स्थिति अर्कै हुन्छ ।’
‘विषय या प्रक्रियामा सहमति भए त्यहीअनुसार संविधानसभा अघि बढ्छ भनेर भनेको छु,’नेम्वाङले बैठकपछि पत्रकारहरूसँग भने, ‘दुवैमा सहमति नभए संविधानसभाले कतिन्जेल पर्खिने ? सहमति हुँदैन भने तपार्इंहरूले बनाएको अन्तरिम संविधान, निमयावली र स्थापित अभ्यासअनुसार संविधानसभा अघि बढ्नुपर्ने हुन्छ ।’
संविधानसभा अध्यक्ष नेम्वाङले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेका माओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, फोरम नेपाल लगायत राजनीतिक दलका प्रमुख नेताहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर संविधान निर्माणका विषयमा छलफल गरेका थिए ।तर दलहरुले सहमतिमा संविधान जारी राख्ने बताए पनि बैठकमा नयाँ संविधानको अन्तर्वस्तुमा पुरानै अडान दोहोर्याएका थिए।
नयाँ संविधान निर्माणका लागि संविधानसभामा बहुमतीय प्रक्रिया शुरु भएपनि त्यो अघि बढ्न सकेको छैन। प्रस्ताव निर्माण समिति संविधानसभाको पूर्ण बैठकमा प्रतिवेदन प्रस्तुत गरेपछि बैठक माघ १७ बाट बैठक स्थगित भएको थियो। यसबीचमा दलहरुबीच सहमतिका लागि वार्ता भएपनि निष्कर्षविहीन छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते