काठमाडौं। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि राजनीतिक दलहरूलाई एक साताको समय दिएका छन्। प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त बैठक बोलाएर नेम्वाङले चैत ११ गतेभित्र विषय वा प्रक्रियामा सहमति नभए नियमावलीअनुसार अघि बढ्ने चेतावनी दिएका हुन्।
‘चैत ११ अघि नै संविधानका अन्तर्वस्तु वा प्रक्रियामा सहमति गर्नुस्,’नेम्वाङले यो समयसीमा नाघे नियमावली बमोजिम अघि बढ्ने चेतावनी दिँदै प्रमुख दलका शीर्ष नेताहरूसामु भने, ‘नभए ११ गतेपछि मुलुकको स्थिति अर्कै हुन्छ ।’
‘विषय या प्रक्रियामा सहमति भए त्यहीअनुसार संविधानसभा अघि बढ्छ भनेर भनेको छु,’नेम्वाङले बैठकपछि पत्रकारहरूसँग भने, ‘दुवैमा सहमति नभए संविधानसभाले कतिन्जेल पर्खिने ? सहमति हुँदैन भने तपार्इंहरूले बनाएको अन्तरिम संविधान, निमयावली र स्थापित अभ्यासअनुसार संविधानसभा अघि बढ्नुपर्ने हुन्छ ।’
संविधानसभा अध्यक्ष नेम्वाङले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेका माओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, फोरम नेपाल लगायत राजनीतिक दलका प्रमुख नेताहरूलाई आफ्नै कार्यकक्षमा बोलाएर संविधान निर्माणका विषयमा छलफल गरेका थिए ।तर दलहरुले सहमतिमा संविधान जारी राख्ने बताए पनि बैठकमा नयाँ संविधानको अन्तर्वस्तुमा पुरानै अडान दोहोर्याएका थिए।
नयाँ संविधान निर्माणका लागि संविधानसभामा बहुमतीय प्रक्रिया शुरु भएपनि त्यो अघि बढ्न सकेको छैन। प्रस्ताव निर्माण समिति संविधानसभाको पूर्ण बैठकमा प्रतिवेदन प्रस्तुत गरेपछि बैठक माघ १७ बाट बैठक स्थगित भएको थियो। यसबीचमा दलहरुबीच सहमतिका लागि वार्ता भएपनि निष्कर्षविहीन छन् ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार