काठमाडौं। सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै आएको एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संविधान निर्माणका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलसँग सहमति जुट्न नसकेपछि आइतबार बसेको मोर्चा बैठकले चैत ५ देखि २६ सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 
सिंहदरबारस्थित एमाओवादी संसदीय कार्यालयमा भएको बैठकको निर्णयअनुसार चैत ५ गते जिल्लामा ३० दलीय मोर्चाको आन्दोलन तयारी बैठक हुनेछ । त्यसपछि विरोध प्रदर्शन, सिठी तथा लाठी जुलुसलगायतका कार्यक्रम हुने मोर्चाले जनाएको छ । मोर्चाले चैत १९ गते र चैत २४ देखि २६ गतेसम्म लगातार तीन दिन गरी चार दिन आमहड्तालको घोषणा गरेको छ।
चार शक्तिबीच शनिबार भएको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो नौबुँदे प्रस्ताव नै मान्न जोड गरेर वार्तालाई असफल बनाउने प्रयत्न गरेको मोर्चा संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए । उनले देशको चुनौतीपूर्ण संक्रमणकालीन अवस्थालाई गम्भीरतापूर्वक ध्यान दिई सहमतिका निम्ति तयार हुन सत्तारूढ दललाई आग्रह पनि गरेका छन् ।
नयाँ संविधान निर्माणका लागि संविधानसभामा शुरु भएको बहुमतीय प्रक्रिया रोक्नु पर्ने माग विपक्षी मोर्चाहरुले गर्दै आएको छ ।
पहिलो चरणको प्रचारात्मक आन्दोलन फागुन १६ गते राजधानीमा आमसभा गर्दै सकिएको थियो । दोस्रो चरणको आन्दोलन क्रियात्मक हुने मोर्चाले जनाएको छ । पहिलो चरणको आन्दोलन समाप्तिपछि सत्तारुढ दल र विपक्षी मोर्चा संविधानको अन्तर्वस्तुको बारेमा सहमति जुटाउने कोसिस भएको थियो । यसबीच दलहरुबीच द्वीपक्षीय र बहुपक्षीय वार्ताहरु भएपनि कुनै पनि वार्ता ठोस निष्कर्षमा पुग्न सकेको थिएन ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल