काठमाडौं। सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै आएको एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संविधान निर्माणका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलसँग सहमति जुट्न नसकेपछि आइतबार बसेको मोर्चा बैठकले चैत ५ देखि २६ सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 
सिंहदरबारस्थित एमाओवादी संसदीय कार्यालयमा भएको बैठकको निर्णयअनुसार चैत ५ गते जिल्लामा ३० दलीय मोर्चाको आन्दोलन तयारी बैठक हुनेछ । त्यसपछि विरोध प्रदर्शन, सिठी तथा लाठी जुलुसलगायतका कार्यक्रम हुने मोर्चाले जनाएको छ । मोर्चाले चैत १९ गते र चैत २४ देखि २६ गतेसम्म लगातार तीन दिन गरी चार दिन आमहड्तालको घोषणा गरेको छ।
चार शक्तिबीच शनिबार भएको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो नौबुँदे प्रस्ताव नै मान्न जोड गरेर वार्तालाई असफल बनाउने प्रयत्न गरेको मोर्चा संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए । उनले देशको चुनौतीपूर्ण संक्रमणकालीन अवस्थालाई गम्भीरतापूर्वक ध्यान दिई सहमतिका निम्ति तयार हुन सत्तारूढ दललाई आग्रह पनि गरेका छन् ।
नयाँ संविधान निर्माणका लागि संविधानसभामा शुरु भएको बहुमतीय प्रक्रिया रोक्नु पर्ने माग विपक्षी मोर्चाहरुले गर्दै आएको छ ।
पहिलो चरणको प्रचारात्मक आन्दोलन फागुन १६ गते राजधानीमा आमसभा गर्दै सकिएको थियो । दोस्रो चरणको आन्दोलन क्रियात्मक हुने मोर्चाले जनाएको छ । पहिलो चरणको आन्दोलन समाप्तिपछि सत्तारुढ दल र विपक्षी मोर्चा संविधानको अन्तर्वस्तुको बारेमा सहमति जुटाउने कोसिस भएको थियो । यसबीच दलहरुबीच द्वीपक्षीय र बहुपक्षीय वार्ताहरु भएपनि कुनै पनि वार्ता ठोस निष्कर्षमा पुग्न सकेको थिएन ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते