लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले काठमाण्डौंमा एनआरएनए प्रधान कार्यालय भवन निर्माणका लागि दुई करोड रुपैयां पठाउने भएको छ । एनआरएनए यूके कार्यालय उलवीचमा सम्पन्न विशेष अधिवेशनपछिको पहिलो बैठकले उक्त कामका लागि संरक्षक परिषदलाई जिम्मा दिंदै संयोजकमा आइसीसी सल्लाहकार मेजर रि. डमर घलेलाई तोकेको छ । बैठकमै करिव ६० लाख रुपैयां दिने प्रतिवद्धता भएको छ । अघिल्लो साता प्रधानमन्त्री सुशील कोइरालाले उक्त भवनको शिलान्यास गरेका थिए । बैठकले हेवी वेट एक जना व्यक्तित्व प्रा. डा. सूर्य सुवेदीलाई प्रमुख संरक्षकमा यथावत राख्ने निर्णय गरेको छ ।
बैठकले स्कटल्याण्ड, नर्दन आयरल्याण्ड समेत समेटिने गरि क्षेत्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । संस्थाको विधानको १३ नं बुदांको ट लाई मानेर क्षेत्रीय कमिटी गर्ने निर्णय भएको हो । बैठकले काउन्सिल अवधारणामा जानेबारे अध्ययन गरि कार्यपत्र पेश गर्न अध्यक्ष महेन्द्र कंडेललाई जिम्मा दिएको छ ।
बैठकले नेपाल पत्रकार महासंघ, बेलायतसंग मिलेर पत्रकार अक्षयकोष वृद्धिका लागि च्यारिटी गर्ने निर्णय गरेको छ । उक्त च्यारिटीको समन्वय गर्न पत्रकार फडिन्द्र भट्टराई र वाचस्पति रेग्मीलाई जिम्मा दिने निर्णय भएको छ । यस अलावा संस्थाको नियमित वेलफेयर च्यारिटी गर्न उपाध्यक्ष कृष्ण तिमिल्सिनालाई संयोजक तोकिएको छ । बैठकले २१ फेब्रुअरीको विशेष साधारणसभाले कमल गुरुङको संयोजकत्वमा गठन गरेको आर्थिक छानवीन कमिटीमा डा. चन्द्र लक्सम्बा, कृष्ण भट्टराई र विजन भट्टलाई थप्ने निर्णय गरेको छ ।
वृद्ध आरोही मीनबहादुर शेरचनले पुनः आरोहणका लागि अनुमति कागजात पाएपछि आरोहणमा सघाउन ज्ञान शेरचनको संयोजकत्वमा एनआरएनए यूके आइसीसी सदस्यहरु थर्क सेन, सुरेन्द्र श्रेष्ठ र महासचिव राजकुमार त्रिपाठी सम्मिलित एउटा कमिटी बनाइएको छ ।
बार्सिलोनामा भएको सातौं क्षेत्रीय सम्मेलनको प्रतिवद्धता अनुसार एनआरएनए यूकेले चेपांग वस्तीमा एउटा घर बनाउने र यो अभियानका लागि आइसीसी सदस्य सुरेन्द्र श्रेष्ठलाई संयोजक तोकिएको छ ।
बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्धारमा ‘वेलकम टु नेपाल’ लेखि सर्वोच्च शिखर सगरमाथामाथि वुद्ध प्रतिमा स्थापना गर्ने निर्णय भएको छ । यसका लागि संरक्षक कुल आचार्य र सुरेन्द्र श्रेष्ठलाई संयोजक तोकी जिम्मा दिइएको छ ।
प्रमुख राजनीतिक दलका नेताहरु बोलाएर यहां एक वृहत अन्तरक्रिया गर्ने समेत सहमति भएको छ । बेलायतमा रहेका पिएचडी गर्ने नेपालीहरुलाई एकत्रित गरि उनीहरुको सिप र ज्ञान नेपाल र बेलायतस्थित नेपाली समुदायसम्म सदुपयोग गराउन एनआरएनए यूके पिएचडी फोरम गठन गरि कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ । यसको संयोजन गर्ने जिम्मा डा. पदम सिंम्खडालाई दिइएको छ । उक्त कार्यक्रम २६ अप्रिलमा हुने तय भएको छ ।
उक्त बैठकमा आइसीसी सदस्यहरु सुरेन्द्र श्रेष्ठ, विजन भट्ट, थर्क सेन, सुष्मा राई, संरक्षक मेजर रि. डमर घले, संरक्षक कुल आचार्य लगायत कार्यसमिति सदस्यहरु सहभागी थिए ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण