काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्न संविधानसभाको चार पक्षबीच शनिबार वार्ता हुने भएको छ। सत्तारुढ दल र विपक्षी मोर्चाबीच वार्ता हुन लागेको हो। शुक्रबार मात्रै संविधानको अन्तर्वस्तुमाथि द्विपक्षीय वार्ता भएको थियो। नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतृत्वबीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट तथा नेपाली कांग्रेस र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो।
सत्तारुढ दलहरुले एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको विपक्षी मोर्चासँग विवादको प्रमुख विषय रहेको संघीयता लगायत विषयमा सघन छलफल गर्ने र सहमति बन्न नसके बहुमतीय प्रक्रिया शुरु गर्ने बताएका थिए।
विपक्षी मोर्चाले भने फागुन मसान्तसम्म सहमतिका लागि वार्ता गर्ने, सहमति बन्न नसके सडक संघर्षको दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने बताउँदै आएका छन्। तीस दलीय मोर्चाले संविधान निर्माणका लागि माघ ११ बाट शुरु भएको बहुमतीय प्रक्रिया खारेजीको माग गर्दै आएको छ। नयाँ संविधानको अन्तर्वस्तुमा सबैभन्दा जटिल बिषयमा रुपमा अघि आएको प्रदेशको सिमाकंन र नामाकंनको विषयमै शनिबारको वार्ता केन्द्रित हुने एक नेताले बताए।
एमाले अध्यक्ष ओलीको अभिव्यक्ति प्रति असन्तुष्ट नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने ओली सहभागी हुने वार्तामा सहभागी नहुने भएका छन्। महतोले मधेशी मोर्चाको ओली सहभागी हुने वार्तामा नबस्ने निर्णयअनुसार नै सहभागी नहुने बताए। तर मधेशी मोर्चाका अन्य घटकका नेताहरु भने वार्तामा सहभागी हुने गरेका छन्।
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]