काठमाडौं। जारी विश्वकप क्रिकेटमा स्कटल्यान्डका अल राउन्डर इयान वार्डल स्कटल्यान्डको ओपनिङ बलर मात्रै नभएर विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको रुपमा चिनिने गर्दथे । उनले सन् २०१२ मा सगरमाथा आरोहण गरेको दाबी गर्दै अाएका थिए।
अहिले पनि गुगलमा खोज्ने हो भने उनले सगरमाथा चढेको बारेमा २९ सेकेन्डमा ६ हजार २ सय पेज देखिन्छ । त्यतिमात्रै होइन, इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी), इङल्यान्ड र वेल्सको क्रिकेट बोर्ड र क्रिकेट अस्ट्रेलियाले पनि सगरमाथा चढेको बताएको छ। तर, सत्य होइन रहेछ । वार्डलले बिबिसीसँग कुरा गर्दै सत्य नभएको बताएका छन्।
‘केही होइन’ उनले बिबिसीसँग भने, ‘केही वर्षअघि जोकै जोकमा सगरमाथा आरोहणको कुरा गरेको थिएँ। त्यसलाई नै सत्य मानेर वेबसाइटमा हालिदिए । यो यस्तो गरि फैलियो कि नियन्त्रण नै गर्न सकिएन ।’ त्यसपछि कुरा नियन्त्रण बाहिर गयो।’
उनी सन् २०१३ देखि स्कटल्यान्ड टिममा छन्। उनी स्कटल्यान्डको तर्फबाट ओपनिङ बलरको रुपमा खेल्छन्।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल