काठमाडौं। जारी विश्वकप क्रिकेटमा स्कटल्यान्डका अल राउन्डर इयान वार्डल स्कटल्यान्डको ओपनिङ बलर मात्रै नभएर विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको रुपमा चिनिने गर्दथे । उनले सन् २०१२ मा सगरमाथा आरोहण गरेको दाबी गर्दै अाएका थिए।
अहिले पनि गुगलमा खोज्ने हो भने उनले सगरमाथा चढेको बारेमा २९ सेकेन्डमा ६ हजार २ सय पेज देखिन्छ । त्यतिमात्रै होइन, इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी), इङल्यान्ड र वेल्सको क्रिकेट बोर्ड र क्रिकेट अस्ट्रेलियाले पनि सगरमाथा चढेको बताएको छ। तर, सत्य होइन रहेछ । वार्डलले बिबिसीसँग कुरा गर्दै सत्य नभएको बताएका छन्।
‘केही होइन’ उनले बिबिसीसँग भने, ‘केही वर्षअघि जोकै जोकमा सगरमाथा आरोहणको कुरा गरेको थिएँ। त्यसलाई नै सत्य मानेर वेबसाइटमा हालिदिए । यो यस्तो गरि फैलियो कि नियन्त्रण नै गर्न सकिएन ।’ त्यसपछि कुरा नियन्त्रण बाहिर गयो।’
उनी सन् २०१३ देखि स्कटल्यान्ड टिममा छन्। उनी स्कटल्यान्डको तर्फबाट ओपनिङ बलरको रुपमा खेल्छन्।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता