काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चासँग नयाँ संविधानको विषय बस्तुमा शनिबारबाट निर्णायक वार्ता शुरु गर्ने भएका छन्। उनीहरुले वार्ता सबैभन्दा विवादित विषय राज्य पुनर्संरचनामा केन्द्रित भएर केही दिनमै टुंगिने गरी वार्ता गर्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको दुई दलको बैठकले सहमतिका नाममा संविधान निर्माण प्रक्रियालाई अनन्तकालसम्म रोक्न नसकिने ठहर गर्दै विपक्षी मोर्चासँग मूल विवादमै ‘सघन वार्ता गरेर चाँडो टुंगोमा पुग्ने’ समझदारी जुटाएको हो ।
संघीयताको मुद्दाले दलहरुबीचको विवाद पेचिलो बनिरहेका बेला दुई दल यसैमा केन्द्रित भएर वारपार गर्ने तयारीमा जुटेका हुन्। त्यसका लागि यसअघि कांग्रेस–एमालेले अघि सारेको नौ बुँदे रोडम्यापलाई नै आधार बनाउने बैठकमा सहमति भएको छ ।
कांग्रेस–एमालेले संविधानसभा अन्तर्गतको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सात प्रदेशको संघीयता खाकासहित नौबुँदे अवधारणा पेस गरेका थिए ।
नयाँ संविधानका प्रमुख चार विवादमध्ये तीनमा मोटामोटी सहमति भइसके पनि संघीयताकै विवाद लम्बिँदा माघ ५ गते सत्तारुढ र विपक्षी मोर्चाबीच वार्ता तोडिएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते