काठमाडौं। संविधानसभाको प्रमुख चार शक्तिबीच बिहीबारमा हुने वार्तामा प्रस्तुत गरिने साझा धारणा निर्माणका लागि प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस र एमालेका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। बिहीबार साँझ काँग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच औपचारिक वार्ता हुने बताइएको छ। वार्तामा संविधानका विवादित विषयमा साझा धारणा बनाउने र विपक्षीहरुको संभावित अडानका बारेमा तयारी स्वरुप बैठक बसेको हो।
एमाओवादी सहितको विपक्षी मोर्चाले फागुन महिनाभित्र सहमतिको लागि भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छैन । राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाको आग्रहमा तीस दलीय मोर्चाले चैत १ गतेसम्मका लागि आन्दोलनको घोषणा कार्यक्रम स्थगित गरेका छन्।
संविधानसभामा प्रश्नवली समिति गठन भएपछि सत्ता पक्ष र विपक्षीबीच दुरी बढेको थियो। डेढ महिनासम्म औपचारिक बार्ता भएको थिएन। केही दिन अघिदेखि दुवै पक्षले छलफल सुरु गरेका छन्। बिहीबार साँझको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्यले साथ दिए उपस्थित हुने छन्। रुघाखोकी लागेपछि ओली केही दिनदेखि घरमै आराम गरेर बसेका छन्। पछिल्लो समयमा सत्ता साझेदार दलहरुबीच समेत दरार देखिएको छ। एमालेले भदौको अन्तिम साता हुने पार्टीको महाधिवेशनसम्म कांग्रेस सभापति रहेका प्रधानमन्त्री सुशील कोइरालाले सत्ता लब्याउन अाशंका गरेकाे छ।
सहमतिकै लागि भनेर संविधानसभाको प्रकृया अनिश्चतकालका लागि स्थागित गरिएको छ। बुधबार सभाध्यक्ष सुभाष नेम्वाङले सहमति नगरे संविधानसभाको प्रकृया अघि बढ्ने चेतावनी दिएको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते