काठमाडौं। नेपाल कांग्रेस र नेकपा एमालेले बाग्लुङ क्षेत्र नम्बर १ मा हुने संविधानसभा उपनिर्वाचन उम्मेदवार छनोट गरेको छ। नेपाली कांग्रेसले स्वर्गीय सभाषद हरिबहादुर खड्काकी पत्नी चम्पादेवी खड्कालाई उम्मेदवार बनाउने भएको छ भने नेकपा एमालेले पार्टीको वैकल्पिक केन्द्रिय सदस्य मन केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको संसदीय समितिको बैठकले स्व खड्काकी श्रीमती चम्पादेवीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमाले स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष केपी शर्माको निवास वालकोटमा बसेको थियो। एकीकृत नेकपा माओवादीले यसअघिनै पार्टीका प्रवक्ता दीनानाथ शर्मालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। सो क्षेत्रमा कांग्रेस, एमाले, एकीकृत माओवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारबीच चौपक्षीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
कांग्रेस जिल्ला समितिले चैत २८ मा हुने उपनिर्वाचनमा खड्काको परिवारबाट उम्मेदवार बनाउन केन्द्रलाई सिफारिस गरेको थियो। एमालेले रामजी शर्मा, जनक पौडेल, हिरा केसी र इन्द्रलाल सापकोटालाई नाम सिफारिस आएको थियो। अध्यक्ष ओली निकटका स्थायी कमिटीका सदस्यहरुले पौडेललाई उम्मेदवार बनाउन जोड दिएका थिए भने नेपाल पक्षले सापकोटाको नाममा अघि सारेका थिए। बैठककै क्रममा कांग्रेसले खड्का नाम पारित गरेपछि एमालेले महिला भन्दै केसीको नाम सर्वसम्मत रुपमा अघि निर्णय गरेको थियो। केसी पनि अध्यक्ष ओली निकट नै नेता हुन्।
दोस्रो संविधानसभा निर्वाचनमा बाग्लुङ १ बाट निर्वाचित खड्का जिल्लामा आयोजित कार्यक्रममा सहभागि हुन जाने क्रममा सडक दुर्घटनामा घाइते भएका थिए। उपचारका क्रममा उनको निधन भएपछि रिक्त उक्त क्षेत्रमा आगामी चैत २८ गते उपनिर्वाचन हुँदैछ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा