काठमाडौं। एकपछि अर्को गर्दै बारामा बालिकाहरु बलात्कृत हुन थालेपछि बेटी बचाउ अभियान शुरु भएको छ। बाराका स्थानीय वासिन्दा स्थानीय सुरक्षा व्यवस्थामा कडाइ गर्न माग राख्दै मंगलबार सदरमुकाममा प्रदर्शनमा उत्रिएका छन् ।
१६ दिनअघि बलात्कारमा परेकी ६ वर्षीया बालिकाको उपचार क्रममै निधन भएपछि उनीहरूले मंगलबार शव बोकेर कलैयामा प्रदर्शन गरे । स्थानीयको रयालीले दोषीलाई कारबाहीसहित बलात्कारका घटना रोक्न माग गर्दै कलैया नगर परिक्रमा गरेको थियो । उनीहरूले मंगलबार दिउँ
सो जिल्ला प्रशासन कार्यालय घेराउसमेत गरे । रयालीमा बालिकाका बाबुआमा, हजुरआमा र भाइबहिनी पनि सहभागी थिए ।
बलात्कारपछि अचेत अवस्थामा फेला परेकी बालिकाको आइतबार काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो। फागुन ८ गते साँझ बेपत्ता बालिका भोलिपल्ट कलैया नगरपालिकाकै एक विद्यालयपछाडि अचेत अवस्थामा भेटिएकी थिइन्।
वर्षदिनभित्रै बालिकामाथि बलात्कारको चौथो घटना बाहिर आएपछि स्थानीयले ‘बेटी बचाऊ संघर्ष समिति’ बनाएर धर्ना तथा प्रदर्शन गर्दै आएका छन्।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान