काठमाडौ।राष्ट्रपति रामवरण यादवको आग्रहमा एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले सहमतिनिम्ति प्रयास गर्ने भन्दै दोस्रो चरणको आन्दोलन घोषणा स्थगित गरेको छ। राष्ट्रपति रामवरण यादवको आग्रह र प्रधानमन्त्री सुशील कोइरालाको सोमबारको विज्ञप्तिलाई आधार मानेर ३० दलीय मोर्चाको मंगलबार बैठकले आन्दोलन घोषणा स्थगित गरेको हो ।
मोर्चा संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चूडामणि खड्काका अनुसार मोर्चाको बैठकअघि राष्ट्रपति यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन संवाद भएको थियो ।
‘राष्ट्रपतिज्यूले टेलिफोनमा आन्दोलनरत दलको सहमतिमा संविधान जारी गर्नुको विकल्प नभएको भन्दै तत्काल आन्दोलनका कार्यक्रम सार्वजनिक नगर्न आग्रह गर्नुभएको थियो,’ खड्काले भने । उनका अनुसार फोन संवादमा राष्ट्रपति यादवले आन्दोलनले कसैको पनि हित नगर्ने भन्दै सचेत गराएका थिए ।
प्रधानमन्त्री सुशील कोइरालालाई उद्धृत गर्दै उनका प्रेस संयोजक प्रकाश अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा वार्ताकै माध्यमबाट सहमति गरेर संविधान जारी गर्न सकिन्छ भन्ने विषयमा भरोसा रहेको उल्लेख थियो । विज्ञप्तिमा सहमतिको वातारण बन्दै गएको जनाउँदै त्यसलाई निष्कर्षमा पु¥याउन आह्वान गरिएको थियो ।
संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया सुरु भएपछि आन्दोलन घोषणा गरेको मोर्चाको पहिलो चरणको प्रचारात्मक आन्दोलन फागुन १६ गते सम्पन्न भएको छ ।
मोर्चाको बैठकअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री कोइरालासँग प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग गच्छदारले सहमतिका लागि प्रधानमन्त्री कोइरालाले सुरु गरेका प्रयास सफल हुने विश्वास व्यक्त गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते