
निर्मला राई ‘परिवेश’ले ल्याइन् ‘रोनासा’
काठमाडौं । बेलायतमा बस्दै आएकी खोटाङ, सुङ्देलकी कवि तथा गीतकार निर्मला राई ‘परिवेश’ले पछिल्लो गीति एल्बम ‘रोनासा’ बजारमा ल्याएकी छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा परिवेशको दोस्रो एल्बम ‘रोनासा’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रष्तिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरे ।
एल्बम विमोचनपछि मन्तव्यका क्रममा प्रमुख अतिथि रसिकले निर्मला राई ‘परिवेश’का गीतहरू कवितात्मक र श्रवणीय रहेको बताए । एल्बममाथि गीतकार डा. कृष्णहरि बराल तथा संगीतकार बुलु मुकारुङले पनि समीक्षात्मक टिप्पणी गरेका थिए ।
यसअघि ‘रोशनी’ एल्बम र ‘परिवेशका पाइलाहरू’ गीतसंग्रह प्रकाशित गरिसकेकी परिवेशको ‘रोनासा’भित्र सातवटा गीत समाविष्ट छन् । जसमध्ये तीनवटा गीतमा बनेको म्युजिक भिडियो समेत कार्यक्रममा देखाइयो । एल्बममा ‘मैले आफैलाई’, ‘धेरै जन्म’, ‘तिम्रो निर्दोष मनले’, ‘मुटुको त के कुरा’, ‘प्रयणपे्रमी’ र ‘शिरमा सगरमाथा’ बोलका गीत छन् ।
एल्बममा राजेशपायल राई, ताराप्रकाश लिम्बू, आनी छोइङ डोल्मा, रजिना रिमाल, सुमन सरगम, प्रविशा अधिकारीको स्वर सजिएको छ भने हरि लम्साल, न्हु बज्राचार्य, ताराप्रकाश लिम्बू, सुरेश अधिकारी र महेश खड्काको सङ्गीत छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति