काठमाडौं। संविधान जारी गर्ने नयाँ मिति घोषणा गर्न प्रमुख राजनीतिक दलका शीर्षनेताहरू सहमत भएका छन्। गत माघ ८ गते विवादका कारण संविधान घोषणा गर्न असफल भएका नेताहरू पुनः नयाँ मिति तय गरेर अगाडि बढ्न तयार देखिएका हुन्।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निवास मालीगाउँमा शुक्रबार साँझ आयोजना गरिएको रात्रिभोजमा प्रमुख राजनीतिक दलबीच विश्वासको वातावरण बनाउने र वार्तालाई सार्थक निष्कर्षमा पुर्यायाएर संविधान जारी गर्ने उपयुक्त मिति घोषणा गर्नका लागि मिलेर अगाडि बढ्न सहमत भएको बताइएको छ। संविधानसभाको निर्वाचनका क्रममा एक वर्षभित्र मुलुकलाई संविधान दिने प्रतिबद्धता जनाएर कार्यतालिकासमेत बनाएका नेताहरूकै बीचमा मतैक्य नहुँदा निर्धारित समय माघ ८ टरेको थियो ।
थापा निवासमा भएको छलफलमा संविधान जारी गर्नका लागि नयाँ मिति तोकेर अगाडि बढ्ने प्रतिबद्धता नेताहरूले जनाएका छन् । रात्रिभोजका रूपमा आयोजना गरिएको छलफलमा भएका कुराकानीबारे जानकारी दिँदै पूर्वप्रधानमन्त्री थापाले भने–‘सबै दलबीच छलफलका आधारमा एकताबद्ध भई संविधान जारी गर्ने नयाँ मिति तोक्ने र सो मितिमा संविधान लेखन प्रक्रियालाई पूर्णता दिन सहमत भयौँ ।’
मुलुकलाई लामो समयसम्म अनिश्चिततामा राख्न नहुने भन्दै उनले फेरि भने–‘सबै राजनीतिक दलले सहमतिका आधारमा एकै स्वरमा मुलुक, जनता र अन्तर्राष्ट्रिय समुदायलाई संविधान दिन्छौ भन्नेमा आश्वस्त बनाउनुपर्यो।’
छलफलमा प्रधानमन्त्री कोइरालाले शनिबारबाटै दलहरूबीच संवादको प्रक्रिया सुरु गरिने जानकारी गराएको राप्रपाका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री थापाले भने, ‘ एमाओवादी अध्यक्ष दाहालले पनि नयाँ मिति तोकेर अगाडि बढ्नुपर्छ भन्नेमा सहमत हुनुभएको छ ।’
पूर्वप्रधानमन्त्री थापाले भने–‘शीर्षनेताहरू गम्भीर हुनुहुन्छ, अब राजनीतिक सहमतिका आधारमा अगाडि बढ्छ र मुलुकले निकास पाउँछ ।’
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले राजनीतिक दलका शीर्षनेताको जमघट अनौपचारिक रहेको बताउँदै वार्ताका लागि न्यानो वातावरण बनाउन आजको भेट सार्थक रहेको उल्लेख गरे। मिलेर जाने र मुलुकलाई निकास दिने विषयमा शीर्षनेता सहमत हुनुभएको आफूले पाएको जानकारी दिँदै अध्यक्ष राणाले भने, ‘शनिबार हुने प्रमुख दलबीचको वार्ताबाट निष्कर्ष निस्कन्छ ।’
सो रात्रिभोजमा प्रधानमन्त्री कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राणा र नेताहरू सहभागी थिए।
यस्तै एमाले नेता माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनालीलगायतका नेताहरूको सहभागिता थियो । रासस
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित