शनिबार बिहान १० बजेसम्मका लागि विमानस्थल बन्द

काठमाडौं। टर्किस एयरलायन्स दुर्घटना भएको विमान हटाउन नसक्दा देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल शनिबार बिहानसम्मका लागि बन्द भएको छ। भारतबाट एयरक्राफ्ट रिमुभल किट ल्याएर विमान हटाउने कार्य भएपनि त्यसका लागि थप समय लाग्ने भएकाले स्थानीय सयमअनुसार शनिबार बिहान १० बजेसम्मका लागि विमानस्थलबाट उडान र अवतरण रोकिएको हो। नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै धावनमार्गबाट बिमान हटाउन समय लाग्ने जनाएको छ। यसअघि स्थानीय समयअनुसार साँझ ५ बजेसम्मका लागि सेवा स्थगित गरिएको हो।

बिहीबार साँझ साढे ५ बजेको राडार२४ ले देखाएको नेपाली आकाश

बिहीबार साँझ साढे ५ बजेको राडार२४ ले देखाएको नेपाली आकाश

बुधबार बिहान टर्किस एयरलायन्सको विमानको अगाडीको चक्का नखुलेपछि क्र्यास ल्यान्डिङ गरिएको थियो। सो विमान धावनमार्ग छाडेर चौरमा पुगेपनि अन्य विमान उडान र अवतरण गराउँदा पखेटाले छुने ठाउँमा भएकाले अन्तर्राष्ट्रिय हवाइ सेवा रोकिएको हो। बिमानलाई व्लाडरबाट सिधा गरिसकिएको छ । प्राधिकरण, भारतीय र टर्कीका प्राविधिकहरु सो काममा लागेका छन्।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द भएपछि नेपालबाट बाहिरिने मात्रै नभै नेपाल आउने हजारौ यात्रु विमानस्थलमा अलपत्र छन् । यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थल खुल्ला गर्ने जनाएको छ। अहिले विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री