मंगलबार, कार्तिक ४ २०७७ | Tue, October 20, 2020
नेपालको समय: ०३:५७ | UK Time: 23:12

शुक्रबार साँझ ५ बजेसम्मका लागि विमानस्थल बन्द

वीनेपाली
२०७१ फागुन २२ गते ३:४९

काठमाडौं। टर्किस एयरलायन्स दुर्घटना भएको विमान हटाउन नसक्दा देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार साँझसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। भारतबाट एयरक्राफ्ट रिमुभल किट ल्याएर विमान हटाउन कार्य भएपनि समयमै नसकिने भएकाले स्थानीय समयअनुसार साँझ ५ बजेसम्मका लागि सेवा स्थगित गरिएको हो। अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको लगातार तेस्रो दिन हो।

बिहीबार साँझ साढे ५ बजेको राडार२४ ले देखाएको नेपाली आकाश

बिहीबार साँझ साढे ५ बजेको राडार२४ ले देखाएको नेपाली आकाश

यसअघि शुक्रबार बिहान १० बजेसम्मका लागि विमानस्थलबाट उडान र अवतरण स्थगित गरिएको थियो।

बुधबार बिहान टर्किस एयरलायन्सको विमानको अगाडीको चक्का नखुलेपछि क्र्यास ल्यान्डिङ गरिएको थियो। सो विमान धावनमार्ग छाडेर चौरमा पुगेपनि अन्य विमान उडान र अवतरण गराउँदै पखेटाले छुने ठाउँमा भएकाले अन्तर्राष्ट्रिय हवाइ सेवा रोकिएको हो। दुर्घटनाको कारण नेपालको ५० घण्टादेखि अन्तर्राष्ट्रिय हवाइ सेवा टुटेको छ।Rss_Images_1425446360769_Pro_Ktm_Airport Plain Crass (3) (1)

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द भएपछि नेपालबाट बाहिरिने मात्रै नभै नेपाल हजारौ यात्रु विमानस्थलमा अलपत्र परेको छ। यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थल खुल्ला गर्ने जनाएको छ। अहिले त्रिभवुन विमानस्थल राति १२ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक