काठमाडौँ। धार्मिक र सांस्कृतिक महत्व रहेको काठमाडौँ र वनारसबीच सिधा बस सेवाको विधिवत् शुभारम्भ भएको छ। बस सेवाको बिहीबार शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आदिकालदेखि सम्बन्ध रहँदै आएको काठमाडौँ र वनारसको सिधा बस सेवाले नेपाल–भारत सम्बन्ध अझ सुदृढ बनाउने बताए।
‘काठमाडौँ–वनारस, जनकपुर–अयोध्या र लुम्बिनी– गयाबीचको सम्बन्धले नेपाल र भारतलाई सदियौँदेखि धार्मिक र सांस्कृतिक रुपमा नजिक ल्याउँदै आएको छ’ मन्त्री निधिले भने “यसबाट नेपाल र भारत दुवै देशको धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याउनेछ।’
सो अवसरमा नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल–भारत सम्बन्धलाई थप आयाम दिन काठमाडौँ–वनारस सिधा बस सेवा फलदायी हुने बताए। ‘नेपालको पशुपतिनाथ र भारतको विश्वनाथबीच पौराणिककालदेखि रहँदै आएको सम्बन्धलाई सिधा बस सेवाले थप सुदृढ बनाएको छ’ राजदूत रायले भने।
शुभारम्भ गरिएको ना५ख ३९६९ नम्बरको मञ्जुश्री यातायातको बस बिहीबार साँझ ७ बजे पहिलोपटक काठमाडौँको नयाँ बसपार्कबाट वनारसका लागि यात्रु लिएर गुडेको छ।
काठमाडौँदेखि वनारसको दूरी ६०४ किमी छ । बसबाट पुग्न १६ घन्टा लाग्ने र भाडादर रु दुई हजार १४४ कायम गरिएको छ ।
काठमाडौँबाट दैनिक एउटा बस वनारस जाने र वनारसबाट पनि दैनिक एउटा बस काठमाडौँ नेपालका यातायात व्यवसायीले सञ्चालन गर्नेछन्।
भारतीय बस पनि दैनिक एउटा वनारस– काठमाडौँ र काठमाडौँ–वनारस ओहोरदोहोर गर्ने बस सेवा शुभारम्भका अवसरमा जानकारी गराइएको थियो । वनारसमा उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले बस संचालनको शुभारम्भ गरेका छन्।
यसअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८औँ शिखर सम्मेलनका अवसरमा मङ्सिर ९ गते नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा काठमाडौँ–दिल्लीबीचको सिधा बस सेवा शुभारम्भ गरेका थिए।
नयाँ दिल्लीको लागि अहिले स्वयम्भूबाट दैनिक एउटा बस जाने र एउटा दिल्लीबाट काठमाडौँ आउने गरेको महासङ्घका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।
निकट भविष्यमै पर्यटकीय नगरी पोखराबाट नयाँदिल्लीका लागि सिधा बस सेवा सञ्चालनको तयारी भइरहेको पनि उनले बताए।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल