बिमानस्थल शुक्रबार १० बजेसम्म बन्द रहने, हजारौं यात्री अलपत्र

काठमाडौं। टर्किस एयरलायन्स दुर्घटनाको कारण विगत ३२ घण्टादेखि अवरुद्ध भएको देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थानमा अन्तर्राष्ट्रिय सेवा शुरु हुन थप १६ घण्टा लाग्ने भएको छ। बिहीबार बिहान ८ बजे विमानको अघिल्लो पाङ्ग्रा नखुलेपछि पाइलटले धावनमार्गमा फोर्स ल्यान्डिङ गराएका थिए। बिमान धावनमार्ग नजिकै चौरमा पुगेपनि पखेटा भने धावनमार्गमै रहेको कारण सेवा अवरुद्ध भएको हो।

बिहीबार साँझ साढे ५ बजेको राडार२४ ले देखाएको नेपाली आकाश

बिहीबार साँझ साढे ५ बजेको राडार २४ ले देखाएको नेपाली आकाश

भारतीय एयरफोर्सको एयरक्राफ्ट रिमुभल किटसहितको टोली आइसके पनि भोलि बिहान १० बजेसम्मका लागि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण नहुने भएको नेपाली सञ्चार माध्यमहरुले जनाएका छन्। नेपाल नागरिक उड्ययन प्राधिकरणका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले पत्रकार सम्मेलन आयोजना गर्दै भोलि बिहानसम्मका लागि अन्तर्राष्ट्रिय विमानस्थल खुल्न नसक्ने जानकारी दिएका हुन्। प्राविधिक सहितको भारतीय टोलीले काम सुरु गरेपनि विमानलाई सतहमा ल्याउन समय लाग्ने भएको हो। ‘विमानलाई लेभलमा ल्याएपछि मात्र रनवे खुला हुन सक्छ,’ सुमनले भने।

Rss_Images_1425446360769_Pro_Ktm_Airport Plain Crass (3)

भारतीय एयरफोर्सको प्राविधिक सहितको टोलीले काम सुचारु गरेको तर केही समय लाग्ने देखिएकाले १० बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडानका लागि रनवे खुला हुन नसक्ने उनले जानकारी दिए।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे बन्द भएपछि यात्रुहरु अलपत्र छन्। अलपत्र परेका यात्रुहरु विमानस्थलमा भौँतारिरहेका छन्। यसैबीच नागरिक उड्ययन प्राधिकरणले रनवे खुला भए लगत्तै तीन दिन २४ सै घण्टा विमानस्थल खुल्ला गर्ने जनाएको छ। अहिले त्रिभवुन विमानस्थल राति १२  देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री