काठमाडौ। भारत भ्रमण्मा रहेका एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले भारतीय राष्ट्रपति प्रणव मुखर्जी तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा राष्ट्रपतिसँग र नयाँदिल्लीस्थित आम आद्मी पार्टीको मुख्यालयमा केजरीवालसँग भेटवार्ता गरेको भट्टराईको सचिवालयले जनाएको छ।
भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्तिप्रक्रिया र संविधान निर्माणबारे चासो व्यक्त गरेका थिए। नेता भट्टराईले शान्ति प्रक्रियालाई पूर्णता दिने प्रक्रियामा रहेको उल्लेख गर्दै अहिले केही अवरोध भएपनि दलहरु छिट्टै एउटा सहमतिमा पुगेर शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वासमा आफूहरु रहेको बताएका थिए।
राष्ट्रपति मुखर्जीले तत्कालिन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्ध आन्दोलनरत सात दल र विद्रोही नेकपा माओवादीबीच १२ बुँदे सहमति गराउन मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा चिनिन्छन्।
राष्ट्रपति भेटे लगत्तै भट्टराई आम आदमी पार्टीको मुख्यालय पुगेर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेटवार्ता गरे। दुवै नेताहरुबीच नयाँशक्तिको विचार बारे छलफल भएको थियो। परम्परागत लोकतन्त्र भन्दा सिधै जनतामा गएर जनताकै काम गर्ने शैलीको विकास गर्नुपर्नेमा दुबै नेताबीच समान धारणा थियो। साथै उनीहरुबीच नियमित सम्पर्कमा रहने विषयमा पनि छलफल भएको थियो। भ्रष्टाचार, अनियमितता लगायतका जनताविरोधी विकृतिको अन्त्य गर्ने गरी लोकतन्त्रको नयां मोडेलको विकास गर्ने विषयमा पनि छलफल भएको थियो ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल