निरन्तरको भारी वर्षाले हुम्लाको याङ्चु गाविस-९मा भीषण पहिरो गएको छ। पहिरोका कारण याङ्चु गाविस भएर बग्ने कर्णाली नदी थुनिएको छ। नदी थुनिएपछि कर्णाली किनारका स्थानीय बासिन्दामा त्रास फैलिएको छ। उनीहरु आफ्नो घर छोडेर सुरक्षित स्थानतिर गइरहेको अन्नपूर्णपोस्टले जनाएको छ।
यस्तै कालिकोट आसपासका गाविसका बासिन्दाहरु पनि बिहानैदेखि सुरक्षित हुन माथिल्लो स्थानतर्फ गइरहेको त्यहाँको स्थानीय सञ्चार माध्यमले जनाएको छ भने स्थानीयलाई सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। गत वर्ष समेत जेठ/असार मा पनि सोही ठाउँमा पहिरो गएको थियो। तिब्बतको मनसरोवर नजिकै उद्गमस्थल रहेको कर्णाली नेपाली प्रमुख तीन ठूला नदी मध्येको एक हो।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा