लण्डन । नेपाली उद्योगपति विनोदकुमार चौधरी यस वर्ष करिब १० अर्ब नेपाली रुपियाँ सम्पति कमाउन सफल भएका छन् ।
न्युयोर्कमा प्रधान कार्यालय रहेको फोर्ब्स म्यागाजिनले सोमबार सार्वजनिक गरेको विश्वका नयाँ अर्बपतिहरुको सूचीमा उनी १४१५ अौं स्थानमा पर्न सफल भएका छन् ।
म्यागाजिनका अनुसार उनको सम्पति १ दशमलब ३ मिलियन अमेरिकी डलर रहेको छ ।
चाउचाउ, बियर र होटलमा लगानी रहेको चौधरी समूहले यस वर्ष नेपालमा टेलिकम र हाइड्रोमा लगानी गरेको बताइएको छ भने भारतको फर्न होटलको ५१ प्रतिशत शेयर लिएको उल्लेख गरिएको छ । यसैगरी उनले अफ्रिका र दुबईमा होटलमा लगानी थपेको बताइएको छ ।
यसै वर्ष उनको माहिला छोराको विलासी विवाहमा करिब १ हजार जना पाहुनालाई जयपुरमा तीन दिनसम्म भव्य पार्टी दिएको कुरा पनि पत्रिकामा उल्लेख छ ।
सन् २०१३ मा पहिलो पटक उनी १ बिलियन अमेरिकी डलरसहित फोर्ब्समा सूचीकृत भएका थिए । त्यतिखेर उनको स्थान १३४२ थियो ।
गत वर्ष १ दशमलव २ बिलियन अमेरिकी डलर बराबरको सम्पतिसहित उनी १४६५ अौं स्थानमा थिए ।
उनी फोर्ब्सको सूचीमा पर्ने एक मात्र नेपाली उद्योगपति हुन् ।
यस वर्षको अर्बपतिको सूचीमा माइक्रोसफ्टका बिल गेटस ३ दशमलन २ बिलियन अमेरीकी डलर सहित पुन नम्बर वान बनेका छन् गत वर्ष नम्बर वान बनेका मेक्सिकोका कार्लो स्लीम हेलु दोस्रो स्थानमा झरेका छन् ।
फोर्ब्सले सार्वजनिक गरेको १ हजार ८२६ जना अर्बपतिहरुको सूचीमा २९० नयाँ प्रवेशी छन् जसमध्ये ७१ जना चिनियाँ मूलका छन् ।
नयाँ अर्बपतिहरुमा ४६ जना ४० वर्षमुनीका छन् ।
फेसबुकका मार्क जुकरबर्ग १६ अौं स्थानमा छन् भने स्नापचाट एप्सका संस्थापक २४ वर्षीय इभान स्पीगेल कम उमेरका अर्बपति बनेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा