काठमाडौं। सरकारले आन्तरिक सुरक्षाका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३० दलीय मोर्चा चुनौति भएको जनाएको छ।
उप प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिकाको राज्य व्यवस्था समितिलाई सोमबार यस्तो जानकारी गराएका हुन्। त्यसैगरी गौतमले विभिन्न धार्मिक, जातीय संघसंस्थाहरु अहिले सुरक्षा चुनौतीका रूपमा रहेको जनाए । 
‘संविधान लेखनका सम्बन्धमा विमति भएपछि एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको विरोध कार्यक्रम जारी रहनु, संविधानसभाबाट संविधान जारी हुन नदिने समूहसँग गठबन्धन देखिनु सुरक्षा चुनौतीका विषय हुन्,’ गृहमन्त्री गौतमले व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा भने, ‘मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबाट भइरहेका विभिन्न क्रियाकलाप पनि सुरक्षा चुनौती हुन् ।’
सरकारले लिम्बुवान समूहका विरोध कार्यक्रम, कट्टर हिन्दुवादी र राजतन्त्रवादीको क्रियाकलाप, राप्रपा नेपाल, सनातन हिन्दु राष्ट्र महाअभियान (खुमबहादुर खड्का), बौद्धिक सनातन हिन्दु राष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समिति, शिव सेना नेपाल लगायत १२ वटा धार्मिक संघसंस्थाको अभियानलाई पनि सुरक्षा चुनौतीका रूपमा लिएको छ।
यस्तै, सिके राउत, जेपी गुप्ता र मातृका समूहको गतिविधि, अखण्ड पश्चिम अभियान र खुला सिमानाको संवेदनशीलतालाई पनि सरकारले सुरक्षा चुनौतीका रूपमा देखेको छ ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार