काठमाडौं। नयाँ संविधानको सहमति बन्न नसकेको अन्तर्वस्तुलाई बहुमतीय प्रक्रियाबाट छिनोफानो लगाउने प्रक्रियाको विरोध गर्दै आएको एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले शनिबार राजधानीमा ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ। पहिलो चरणको अन्तिम दिन विपक्षी मोर्चाले शुरु गरेको चरणवद्ध आन्दोलनको पहिलो चरणको अन्तिम कार्यक्रम अन्तर्गत शनिबार खुल्लामञ्चमा ‘जनप्रदर्शनसहितको आमसभा’ गर्न लागेको हो। 
दिउँसो १ बजे हुने सभाका लागि राजधानीको विभिन्न ५ वटा केन्द्रबाट बिहान ११ बजेबाट जुलुस प्रारम्भ हुने एमाओवादीले जनाएको छ। जुलुस कलंकी, बालाजु, तिनकुने, गौशाला र लगनखेलबाट हुनेछ। नेता बाबुराम भट्टराईले कलंकीबाट नेतृत्व गर्ने जुलुस कालिमाटी, त्रिपुरेश्वर रंगशाला,वीरअस्पताल हुँदै खुलामामञ्चमा प्रवेश गर्नेछ। टोपबहादुर रायमाझी नेतृत्वको बालाजुबाट निस्केको र गिरिराजमणि पोखरेल नेतृत्वको गौशालको जुलुस कमलपोखरी कृष्ण पाउरोटी चोकमा जम्मा भएर पुतली सडक,पद्मोदय मोडबाट प्रदर्शनीमार्ग हुँदै विद्युत प्राधिकरण अगाडिबाट, त्यस्तै तिनकुनेबाट नेता नारायणकाजी नेतृत्वको जुलुस बबरमहल, थापाथली,त्रिपुरेश्वर, रंगशाला, वीर अस्पताल हुँदै सभास्थलमा प्रवेश गर्नेछ। 
वर्षमान पुनले नेतृत्व गरेको लगनखेलको जुलुस जाउलाखेल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र वीर अस्पताल हुँदै कार्यक्रम स्थलमा पुग्ने तय गरिएको एमाओवादी महासचिव कृष्णबहादुर महराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सभामा काठमाडौं उपत्यका बाहेक धादिङ, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक,काभ्रे,दोलखा, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट कार्यकर्ता र जनता उतार्ने एमाओवादीको तयारी छ । एकीकृत माओवादीसहितको विपक्षी गठबन्धनले आइतबारदेखि दोस्रो चरणको क्रियात्मक आन्दोलन हुने जनाएको छ।
माओवादीले भाटासहितको जुलुस आयोजना गर्ने तयारी गरेपछि सरकारले पनि राजधानीमा सुरक्षा उच्च बनाएको छ। यसअघि नै गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै भाटासहितको प्रदर्शनले जनतामा आतंक सिर्जना नगर्न आग्रह गरेको थियो। स्थानीय प्रशासनले पनि शनिबारको प्रदर्शनलाई मध्यनजर राख्दै राजधानीको विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक