काठमाडौं। नयाँ संविधानको सहमति बन्न नसकेको अन्तर्वस्तुलाई बहुमतीय प्रक्रियाबाट छिनोफानो लगाउने प्रक्रियाको विरोध गर्दै आएको एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले शनिबार राजधानीमा ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ। पहिलो चरणको अन्तिम दिन विपक्षी मोर्चाले शुरु गरेको चरणवद्ध आन्दोलनको पहिलो चरणको अन्तिम कार्यक्रम अन्तर्गत शनिबार खुल्लामञ्चमा ‘जनप्रदर्शनसहितको आमसभा’ गर्न लागेको हो। 
दिउँसो १ बजे हुने सभाका लागि राजधानीको विभिन्न ५ वटा केन्द्रबाट बिहान ११ बजेबाट जुलुस प्रारम्भ हुने एमाओवादीले जनाएको छ। जुलुस कलंकी, बालाजु, तिनकुने, गौशाला र लगनखेलबाट हुनेछ। नेता बाबुराम भट्टराईले कलंकीबाट नेतृत्व गर्ने जुलुस कालिमाटी, त्रिपुरेश्वर रंगशाला,वीरअस्पताल हुँदै खुलामामञ्चमा प्रवेश गर्नेछ। टोपबहादुर रायमाझी नेतृत्वको बालाजुबाट निस्केको र गिरिराजमणि पोखरेल नेतृत्वको गौशालको जुलुस कमलपोखरी कृष्ण पाउरोटी चोकमा जम्मा भएर पुतली सडक,पद्मोदय मोडबाट प्रदर्शनीमार्ग हुँदै विद्युत प्राधिकरण अगाडिबाट, त्यस्तै तिनकुनेबाट नेता नारायणकाजी नेतृत्वको जुलुस बबरमहल, थापाथली,त्रिपुरेश्वर, रंगशाला, वीर अस्पताल हुँदै सभास्थलमा प्रवेश गर्नेछ। 
वर्षमान पुनले नेतृत्व गरेको लगनखेलको जुलुस जाउलाखेल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र वीर अस्पताल हुँदै कार्यक्रम स्थलमा पुग्ने तय गरिएको एमाओवादी महासचिव कृष्णबहादुर महराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सभामा काठमाडौं उपत्यका बाहेक धादिङ, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक,काभ्रे,दोलखा, रामेछाप र सिन्धुली लगायतका जिल्लाबाट कार्यकर्ता र जनता उतार्ने एमाओवादीको तयारी छ । एकीकृत माओवादीसहितको विपक्षी गठबन्धनले आइतबारदेखि दोस्रो चरणको क्रियात्मक आन्दोलन हुने जनाएको छ।
माओवादीले भाटासहितको जुलुस आयोजना गर्ने तयारी गरेपछि सरकारले पनि राजधानीमा सुरक्षा उच्च बनाएको छ। यसअघि नै गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै भाटासहितको प्रदर्शनले जनतामा आतंक सिर्जना नगर्न आग्रह गरेको थियो। स्थानीय प्रशासनले पनि शनिबारको प्रदर्शनलाई मध्यनजर राख्दै राजधानीको विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा