आइतबार, असोज ११ २०७७ | Sun, September 27, 2020
नेपालको समय: १३:३६ | UK Time: 08:51

को को मनोनित भए एमाले केन्द्रिय कमिटीमा

वीनेपाली
२०७१ फागुन १३ गते १५:२२

काठमाडौ। नेकपा एमाले स्थायी कमिटीले दसजना मनोनित केन्द्रीय सदस्य थप्दै केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको नामलाई बुधबार भएको स्थायी कमिटीको बैठकले अनुमोदन गरेको हो । CPN_Uml_Building8महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञिप्तमा अध्यक्ष ओलीले नेताहरुसँग परामर्शबाट अध्यक्षले प्रस्ताव प्रस्तुत गरेको उल्लेख छ ।तर, नेता माधवकुमार नेपालसहित नेताहरुले पार्टी अध्यक्षले प्रस्तुत गरेको नामावली समावेशी नभएको र पार्टी एकताको सन्देश नदिन भन्दै विरोध जनाएका छन् ।

मनोनित केन्द्रीय सदस्यहरुमा केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली, जया घिमिरे छन् ।मनोनयनसहित पूर्णतर्फ सबै स्थान पूर्ति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक