काठमाडौं।सरकारले उपरथी राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा गरी पदस्थापना गरेकोछ। बढुवासँगै क्षेत्रीको प्रधान सेनापति हुने बाटो खुलेको छ। ‘नेपाली सेनाका उपरथी राजेन्द्र क्षेत्रीलाई रथीमा बढुवा गरी पदस्थापना गरिएको छ,’ मन्त्रिपरिषद बैठक सकिएपछि सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी गराए।
रक्षा मन्त्रालयले क्षेत्रीको बढुवा प्रस्ताव एक साताअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको थियो। प्रधानसेनापति गौरवशम्शेर जबरा भदौमा उमेर हदका कारण अवकाश भएपछि क्षेत्री प्रधानसेनापति हुने लाइनमा छन्। पवनबहादुर पाण्डेले रथीबाट केही दिन अघि अवकाश पाएकाले उनको ठाउँमा क्षेत्रीलाई बढुवा गरिएको हो। पाण्डेले माघ १८ मा रथीबाट अवकास पाए थिए।
सेनामा दोस्रो वरियतामा रहेका रथी प्रदीपविक्रम राणाले हालका प्रधानसेनापति भन्दा पनि अघि २०७२ जेठ २५गते उमेरहदका कारण अवकाश पाउँदैछन्। त्यसपछि क्षेत्री रथी मध्ये वरिष्ठ हुने छन्। प्रधानसेनापति जबराले २०७२ भदौ २३गते उमेर हदका कारण अवकाश पाउनेछन्। प्रधानसेनापतिले अवकाशको एक महिना अघि बिदामा बस्ने परम्परा छ।
को हुन् क्षेत्री
राजेन्द्र पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि नै नेपाली सेनामा जोडिएका हुन्। उनका पिता गोपालबहादुर खत्री राजा महेन्द्रका (शाही पाश्र्ववती) एडीसी थिए। महेन्द्रको मृत्युपछि बडामहारानी रत्नको एडीसी खटिँदै महासेनानीबाट अवकाश लिए। गोपालबहादुरका चार छोरा थिए, रमीन्द्र, राजेन्द्र, रतीन्द्र र रवीन्द्र । तीमध्ये जेठो, माइलो, साइँलो सेनामै प्रवेश गरे।
तनहुँ पुख्र्यौली थलो भएका रमीन्द्रका बुबाका चार दाजुभाइमध्ये तीन जना सेनामै प्रवेश गरेर उच्च तहबाट बाहिरिए । हजुरबुबा बलिन्द्रबहादुर खत्री सेनामा सेवा गरेर कप्तान मात्र भएनन्, नुवाकोट, रसुवा, धादिङको बडा हाकिम भएर ०११ सालमा सेनानी -(मेजर) बाट अवकाश लिए । जिजु हजुरबुबा नाहरसिंह खत्री नेपाली सेनाका जमदार भएर पाल्पा र बुटवल क्षेत्रमा खटिएका थिए।
यति मात्र होइन, पुस्तौँ सेनामा बिताएको यस परिवारमा अर्को एउटा संयोग पनि छ । जुन सेनाको अरू परिवारमा भेट्न सकिँदैन । त्यो के भने रमीन्द्र, राजेन्द्र र रतीन्द्र तीनै दाजुभाइले अमेरिकी सेनाको ‘कमान्ड एन्ड जनरल स्टाफ अफिसर्स कोर्स’ गरेका छन्। एकै घरका तीन दाजुभाइ अमेरिकामा यो कोर्स गर्ने नेपाली सेनाको एक मात्र परिवार हो । राजेन्द्रले सन् १९९१-९२, रमीन्द्रले ०९३-९४ र रतीन्द्रले ९७-९८ मा उक्त तालिम गरेका थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते