मंगलबार, साउन १९ २०७८ | Tue, August 03, 2021
नेपालको समय: १४:२० | UK Time: 09:35

बाग्लुङ-१ को उप निर्वाचनमा चार नाम सिफारिस

वीनेपाली
२०७१ फागुन १२ गते १२:५०

काठमाडौं। बाग्लुङ– १ मा आगामी चैत्र २८ गते हुने उपनिर्वाचनमा एनेकपा माओवादी, बागलुङले चार नेतालाई उमेद्वारको लागि सिफारिस गरेको छ। एमाओवादीले प्रचार विभागका प्रमुख कृष्ण के.सी.,जिल्ला सदस्य गीता शर्मा, तिलक उप्रेती र यज्ञबल्लभ शर्माको नाम सिफारिस गरेको हो।

के.सी. विद्यार्थी राजनीतिकबाट आएका हुन् । यसअघि धौलागिरी अञ्चल अस्पताल, बागलुङका अध्यक्ष समेत रहेका के.सी. त्रिवि किर्तीपुरमा राजनीतिशास्त्रमा विद्यावारिधी गर्दैछन्। गीता एमाओवादी पूर्व केन्द्रीय तथा बागलुङ नगरपालिकाका पूर्व मेयर ऋषिराम शर्माकी धर्मपत्नी हुन्। उप्रेती एमाओवादी निकटको भूपू सैनिक संघका पूर्व महासचिब समेत भएर काम गरेका हुन्। जिल्लाको सिफारिसको आधारमा केन्द्रीय समितिले निर्णय गर्ने जनाईएको छ।

सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी उपचारको क्रममा निधन भएपछि उपनिर्वाचन घोषणा गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक