काठमाडौं।नेपाली कांग्रेसले संविधानसभा निर्वाचनमा पार्टी उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै अनुशासन कारबाहीमा परेका केन्द्रीय सदस्य सुजाता कोइरालासहित एक सयभन्दा बढी नेता तथा कार्यकर्तालाई माफी दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुशासनको कारबाहीमा परेकालाई माफी दिने निर्णय गरेको हो ।
बैठकमा अधिकांस सदस्यहरुको बिरोधकाबीच केन्द्रीय समितिले अनुशासन समितिको कारवाहीविरुद्ध अपील गरेकालाई माफी दिएको छ । तर, कारवाहीमाथि पुनरावेदन नगरेका र बागी उम्मेदवार र त्यसका प्रस्तावक र समर्थकमाथिको कारवाही भने फिर्ता गरेको छैन।
‘केन्द्रीय अनुशासन समितिको कारवाहीमा परी विभिन्न सजाय पाएका र त्यस उपर केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्ने व्यक्तिहरु मध्ये संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिएका व्यक्ति र निजका प्रस्तावक, समर्थक बाहेकका पार्टीका पुनरावेदक सदस्यहरुको हकमा बाँकी रहेको सजायजन्य पार्टीको पदीय जिम्मेवारी र दायित्व अनुसार काम कारवाही गर्न नपाउने गरी लगाइएको प्रतिवन्ध र पार्टीको विभिन्न तहका पदमा उम्मेदवारी बन्न नपाउने गरी लगाइएको वन्देज आदि फुकुवा गरी निजहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय भयो,’बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कारवाही फुकुवा भएका सबैलाई पार्टीको १३औ महाधिवेशनमा सबै तहका निर्वाचनहरुमा भाग लिन पाउन सक्ने पनि कांग्रेसले स्पष्ट पारेको छ ।
केन्द्रीय समितिको निर्णयसँगै अनुशासन कारवाहीमा परेकी केन्द्रीय सदस्य सुजाता कोइराला, संविधानसभा सदस्य गणेश बिमली, मोहन इङ्नाम, यज्ञराज पाठकसहित सय भन्दा बढिले उन्मुक्ती पाएका छन्। कोइरालासहित सयभन्दा बढि नेता तथा कार्यकर्ताले अनुशासन समितिको निर्णय पूर्वाग्रही रहेको दाबी गर्दै निर्णय सच्याउन माग गरेर निवेदन दिएका थिए। पार्टी विधानको अनुसार, कारबाहीमा परेका नेता तथा कार्यकर्ताले समितिको निर्णयमा चित्त नबुझे सूचना पाएको ३५ दिनभित्र केन्द्रीय समितिमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य