
काठमाडौं । विश्वकै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गर्ने रेकर्ड नेपालका सौगात विष्टले बनाएका छन् ।
आज यहाँ आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स्बाट पाएको विश्वकै कान्छा निर्देशक भएको प्रमाणपत्र उनले देखाए । आठ वर्षका निर्देशक विष्टले ‘लभ यु बाबा’ नामक चलचित्र निर्देशन गरेका थिए ।
उक्त चलचित्रको मङ्सिर २६ गते प्रदर्शनी गरिएको थियो । सम्झना पोखरेल निर्माता रहेको सो चलचित्रमा निर्देशकका पिता गजित विष्ट र दिदी संगम विष्टको मुख्य भूमिका रहेको छ ।
डिल्लीबजारस्थित सूर्यदेव ज्योति विद्यालयमा कक्षा २ मा अध्ययनरत विष्ट आगामी दिनमा समेत चलचित्र निर्देशन गर्ने लक्ष्य रहेको बताउँछन् । उनले आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई दर्शकले त्यति नरुचाएपनि पुनः चलचित्र निर्देशनलाई भने निरन्तरता दिने बताए ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विष्ट राष्ट्रको गौरव भएको बताउँदै उनको चलचित्रलाई पुनः प्रदर्शनी गर्न सरकारी निकायबाटै पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
विष्टका पिता गजित विष्टले छोराले पहिलो पटक चलचित्र निर्देशन गर्ने भनेको सुन्दा आफूलाई पत्यार नलागेको भएपनि अहिले विश्वमा नै रेकर्ड राख्दा आफू अत्यन्त खुशी भएको बताए ।
निर्देशक विष्ट पहिलो पटक एउटा विज्ञापनमा खेलेर यस क्षेत्रमा लागेका थिए । पाँच वर्षकै उमेरमा उनले ‘जन्मभूमी’ नामक चलचित्रमा अभिनय गरेका थिए । परिवार नै चलचित्रको क्षेत्रमा लागेकाले पनि आफ्नो रुचि यसतर्फ बढी रहेको उनले बताए ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त