काठमाडौं। संविधानसभा विघटनको माग गर्दै नेकपा-माओवादी मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । 
मोर्चाको बिहीबार बसेको बैठकले संविधानसभा विघटनको माग गर्दै ‘सर्वपक्षीय अधिकारसम्पन्न राजनीतिक सभा’ का लागि आन्दोलन गर्ने निर्णय गरेको हो।
एमाओवादी नेतृत्वसँग आधारभूत रूपमा नै मुद्दा र एजेन्डा नमिलेकाले सँगसँगै आन्दोलनमा नजाने ३३ दलीय मोर्चाले निर्णय गरेको हो। वैद्य नेतृत्वको मोर्चा पनि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको मोर्चासँग मिलेको थियो।
माघ ८ मा संविधानसभाको औचित्य सकिएको र आफ्नो सर्वपक्षीय सम्मेलनको मागको औचित्य क्रमशः पुष्टि हुँदै गएको निष्कर्ष निकाल्दै ३३ दलीय मोर्चाले त्यसका लागि दबाब दिन विभिन्न कार्यक्रम गर्ने भएको छ । सोहीअनुसार फागुन १५ गते अन्तक्रिया र फागुन २५ गते काठमाडौंमा प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग