काठमाडौ। नेपाली कांग्रेसका जिल्ला सचिव तथा सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा घाइते भएपछि काठमाडौं लैजाने क्रममा समन्वयको अभाव देखिए पनि उनको निधनमा दोषी केही नदेखिएको निष्कर्ष कांग्रेसले गठन गरेको समितिको प्रतिवदेनमा देखिएको छ ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई छानबिन समितिले जिप दुर्घटनामा परी घाइते भएका खड्कालाई पोखरा विमानस्थलबाट काठमाडौं ल्याउन एक घन्टा ४० मिनेट ढिला भए पनि त्यसमा कोही पनि दोषी नदेखिएको प्रतिवेदन बुझाएको छ। दुर्घटनापछि उपचारका क्रममा निधन भएका खड्काका बारेमा छानबिन गर्न पार्टीले गठन गरेको समितिले प्रतिवेदन बुझाएको हो ।
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बढुको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । जिल्लाको पैयुँपाटामा प्रधानमन्त्री कोइरालाले उद्घाटन गर्ने महायज्ञमा जाने क्रममा गत मंसिर १७ गते भएको जिप दुर्घटनामा खड्का घाइते भएका थिए। उनको उपचारका क्रममा मंसिर २१ गते काठमाडौंमा निधन भएको थियो ।
खड्काको परिवारले पोखराबाट तत्काल काठमाडौं नलगिएकाले समयमा उपचार हुन नसकेर निधन भएको बताउँदै आएको छ। सभासद खड्का चढेको जिप दुर्घटना र खड्काको उपचारमा भएको ढिलाइप्रति परिवार र आफन्तले आक्रोश व्यक्त गरेपछि कांग्रेस र सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए। खड्काको निधनपछि रिक्त रहेको बाग्लुङ-१ मा चैत २८ गते उप निर्वाचन गर्ने कार्यक्रम छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते