काठमाडौं। नेपाल सरकारले दशगजा क्षेत्रसँग जोडेर एकतर्फी रुपमा गरेको सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गर्दै भारतसँग पत्राचार गरेको छ। पत्र परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई पठाइएको नेपालका अधिकारीहरुले बताएका छन्।
केही दिन पहिले गृह मन्त्रालय सहसचिवस्तरमा सडक निर्माणका विषयमा भएको निर्णयसहित पठाइएको उक्त पत्रको जवाफ भने आई नसकेकको बताइएको छ।
नदीको प्राकृतिक बहाव रोक्ने गरी १ हजार ६ सय किलोमिटर सडक निर्माणको काम भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रबाट शुरु गरेको बताइएको छ। तर अन्तर्राष्ट्रिय सन्धिका विज्ञहरुले तल्लो तटीय क्षेत्रले नदीको बहावलाई नै रोक्ने गरी सडक निर्माण गर्न नपाउने बताएका छन्। यसरी सडक निर्माण गरिदा नेपालबाट बग्ने साना र ठूला गरी ६० वटा नदीहरुको प्राकृतिक प्रवाह रोकिने बताइन्छ।
स्थानीयस्तरमा विरोध शुरु भएपछि केही दिन पहिले पोखरामा दुई देशका गृह सहसचिवस्तरीय बैठकमा नेपाली पक्षले सडक निर्माणको विषयमा भारतीयपक्षसँग कुरा उठाएको थियो।
भारतद्वारा निर्मित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण हरेक वर्ष बाँके जिल्लाका केही भूभाग डुबानमा पर्दै आएका थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते