काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गरेको हो। 
कांग्रेसले जननायक विश्वेश्ररप्रसाद कोइरालाको १०१ औं जन्मदिनको अवसर पारेर महाधिवेशन उद्घाटन गर्ने भएको छ। मंगलबार बसेको पदाधिकारी बैठकले भदौ १देखि ५ गतेसम्मको नाम प्रस्ताव गर्ने निर्णय गरेको थियो।
एकवर्षे कार्यकाल थपिएको पाँच महिनापछि महाधिवेशनको मिति निर्धारण गर्दै कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद, वडा, गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनको कार्यतालिका तय गरेको छ । एउटा तहको अधिवेशन एकै दिन हुने भएको छ । जसअनुसार वडा, गाउँ र नगरको अधिवेशन साउन १४ गते हुनेछ । २ सय ४० वटा निर्वाचन क्षेत्रको अधिवेशन साउन २२ गते र ७५ वटै जिल्लाको अधिवेशन साउन २६ गते हुनेछ । कांग्रेसले फागुन मसान्तभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । सदस्यता वितरणका लागि यसअघि चारपटक थप गरिएको मिति कांग्रेसले गुजारेको थियो ।
कांग्रेसले नवीकरण र नयाँ सदस्यता फारम फागुन मसान्तभित्र केन्द्रीय कार्यालय नपठाउने जिल्लालाई अधिवेशनमा सहभागी नगराउने पनि निर्णय गरेको छ। ‘नयाँ क्रियाशील सदस्यता र नवीकरण फारम आगामी फागुन मसान्तभित्र पार्टीको विधान, नियमावली र २०७१ असार २६ गतेको केन्द्रीय परिपत्रले निर्देशन गरेअनुरूप केन्द्रीय कार्यालयमा आइसक्नुपर्नेछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७१ फागुन मसान्तभित्र शुल्कसहित क्रियाशील सदस्यता (नयाँ र नवीकरण) आवेदन फारम केन्द्रमा नबुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन पाउने छैन ।’ केन्द्रको परिपत्रअनुसार प्रक्रिया पूरा नभएका क्रियाशील सदस्यता आवेदनले मान्यता नपाउने पनि बैठकले स्पष्ट पारेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते