काठमाडौं। नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गरेको हो। 
कांग्रेसले जननायक विश्वेश्ररप्रसाद कोइरालाको १०१ औं जन्मदिनको अवसर पारेर महाधिवेशन उद्घाटन गर्ने भएको छ। मंगलबार बसेको पदाधिकारी बैठकले भदौ १देखि ५ गतेसम्मको नाम प्रस्ताव गर्ने निर्णय गरेको थियो।
एकवर्षे कार्यकाल थपिएको पाँच महिनापछि महाधिवेशनको मिति निर्धारण गर्दै कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद, वडा, गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशनको कार्यतालिका तय गरेको छ । एउटा तहको अधिवेशन एकै दिन हुने भएको छ । जसअनुसार वडा, गाउँ र नगरको अधिवेशन साउन १४ गते हुनेछ । २ सय ४० वटा निर्वाचन क्षेत्रको अधिवेशन साउन २२ गते र ७५ वटै जिल्लाको अधिवेशन साउन २६ गते हुनेछ । कांग्रेसले फागुन मसान्तभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । सदस्यता वितरणका लागि यसअघि चारपटक थप गरिएको मिति कांग्रेसले गुजारेको थियो ।
कांग्रेसले नवीकरण र नयाँ सदस्यता फारम फागुन मसान्तभित्र केन्द्रीय कार्यालय नपठाउने जिल्लालाई अधिवेशनमा सहभागी नगराउने पनि निर्णय गरेको छ। ‘नयाँ क्रियाशील सदस्यता र नवीकरण फारम आगामी फागुन मसान्तभित्र पार्टीको विधान, नियमावली र २०७१ असार २६ गतेको केन्द्रीय परिपत्रले निर्देशन गरेअनुरूप केन्द्रीय कार्यालयमा आइसक्नुपर्नेछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७१ फागुन मसान्तभित्र शुल्कसहित क्रियाशील सदस्यता (नयाँ र नवीकरण) आवेदन फारम केन्द्रमा नबुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन पाउने छैन ।’ केन्द्रको परिपत्रअनुसार प्रक्रिया पूरा नभएका क्रियाशील सदस्यता आवेदनले मान्यता नपाउने पनि बैठकले स्पष्ट पारेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान