काठमाडौं। संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा गर्ने तयारी शुरु भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको मिति र स्थान प्रस्ताव बुधबारबाट शुरु हुने केन्द्रीय समितिमा प्रस्ताव गर्ने निर्णय गरेको छ। 
कांग्रेस विधानअनुसार थपिएको एकवर्षे कार्यकालको आधा समय वित्न लागेको छ। नेपालको राजनीतिक दलको कानुन र पार्टी विधानबमोजिम आगामी असोज ५ गतेभित्र १३ औं महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यात्मक अवस्थामा कांग्रेस छ। पछिल्लो समयमा मिति घोषणा गर्न पार्टीभित्रैबाट शीर्ष नेतृत्वलाई दबाब शुरु भएको छ।
कांग्रेसले त्यसअघि क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान, वडा, गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन गरिसक्नु पर्नेछ। कांग्रेसले क्रियाशील सदस्यता टुंगो लगाएर पठाउन पटक–पटक समय तोके पनि विवादका कारण ९ बाहेक कुनै पनि जिल्लाबाट क्रियाशील सदस्यको नामावली केन्द्रमा आएको छैन।
कांग्रेसले पछिल्लो पटक पुस मसान्तसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर पठाउने समय तोकेको थियो। क्रियाशील सदस्यको विवाद समाधानपछि वडा, गाउँ र नगरको अधिवेशन गर्ने प्रस्ताव पदाधिकारीले गरेका छन्। साउन २ गते सबै गाउँ र नगरको अधिवेशन सक्ने प्रस्ताव छ। साउन ९ गते २ सय ४० वटा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने र साउन १६ गते ७५ वटै जिल्लाको अधिवेशन सक्ने कांग्रेसले जनाएको छ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा