काठमाडौं। सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा संगीता भण्डारीलाई निरन्तरता दिन परमादेश जारी गरेको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भण्डारीलाई हटाएर जयनारायण साहलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई गैर कानुनी ठहर गरेको हो ।
सर्वोच्चको फैसलामा भण्डारीलाई हटाउने निर्णय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६९ विपरीतसमेत देखिएकाले उनको स्थानमा साहलाई नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर हुने भनिएको छ। भण्डारीको चारवर्षे अवधि समाप्त नहुँदै नयाँ कुलपतिमा साहलाई नियुक्त गर्ने निर्णय गैरकानुनी देखिएको फैसलामा उल्लेख छ।
बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कार्यरत भण्डारीलाई बाबुराम भट्टराई नेतृत्वको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले नियुक्त गरेका थिए । त्यसपछि आर्थिक चलखेल गरी बाहिरका भण्डारीलाई नियुक्ति दिलाएको लगायतका आरोप लगाउँदै कर्मचारीहरूले आन्दोलन गरेका थिए ।
कर्मचारीको आन्दोलनपछि सरकारले अध्ययन समिति गठन गरी भण्डारीलाई हटाएको थियो । भण्डारीको स्थानमा २०६९ माघ २९ गते साह नियुक्त भएका थिए । तर, भण्डारीले सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कात्तिक र माघमा तीनवटा रिट दायर गरेकी थिइन् ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची