काठमाडौं। सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा संगीता भण्डारीलाई निरन्तरता दिन परमादेश जारी गरेको छ। न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भण्डारीलाई हटाएर जयनारायण साहलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयलाई गैर कानुनी ठहर गरेको हो ।
सर्वोच्चको फैसलामा भण्डारीलाई हटाउने निर्णय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६९ विपरीतसमेत देखिएकाले उनको स्थानमा साहलाई नियुक्त गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर हुने भनिएको छ। भण्डारीको चारवर्षे अवधि समाप्त नहुँदै नयाँ कुलपतिमा साहलाई नियुक्त गर्ने निर्णय गैरकानुनी देखिएको फैसलामा उल्लेख छ।
बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कार्यरत भण्डारीलाई बाबुराम भट्टराई नेतृत्वको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले नियुक्त गरेका थिए । त्यसपछि आर्थिक चलखेल गरी बाहिरका भण्डारीलाई नियुक्ति दिलाएको लगायतका आरोप लगाउँदै कर्मचारीहरूले आन्दोलन गरेका थिए ।
कर्मचारीको आन्दोलनपछि सरकारले अध्ययन समिति गठन गरी भण्डारीलाई हटाएको थियो । भण्डारीको स्थानमा २०६९ माघ २९ गते साह नियुक्त भएका थिए । तर, भण्डारीले सरकारको उक्त निर्णयलाई चुनौती दिँदै कात्तिक र माघमा तीनवटा रिट दायर गरेकी थिइन् ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने