काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो प्रारम्भिक अनुसन्धानमा स्विस बैंकमा रकम रहेको भनि सार्वजनिक भएका व्यक्तिलाई खाता खोल्न अनुमति दिएको नदेखिएको जनाएको छ। संसदमा अर्थ समितिमा बोल्दै राष्ट्र बैकका गभर्नर युवराज खतिवडाले नाम सर्वजनिक भएका १२ नेपालीलाई अनुमति नदिएको जानकारी गराएका हुन्।
‘पाँच अर्ब रकम कसको भन्ने विषयमा पत्रपत्रिकामा आएको नाम पढियो। हाम्रो स्वीकृति दिएको लिस्टमा भेटेका छैनौँ। प्रारम्भिक अनुसन्धानबाट स्वीकृति लिएको देखिएको छैन,’ खतिवडाले भने।
स्विस बैङ्क एचएसबिसीमा १२ नेपालीको नाममा ५ करोड ४० लाख डलर बराबरको सम्पति देखिएको छ। समितिमा बोल्दै गभर्नर खतिवडाले नेपालीहरुको कुन कुन देशमा खाता छ भन्ने विवरण नभएको जनाएका छन् ।
‘यो समाचार सार्वजनिक भएदेखि नै हामीले यसबारे अध्ययन थालेका छौं’, गभर्नर खतिवडाले भने, ‘तर अहिलेसम्म नेपालीहरु क–कसले त्यहाँ खाता खोलेका छन् र त्यो पैसाको अवस्थाबारे हामीले यकिन विवरण पाउन सकेका छैनौं ।’
समितिको बैठकमा सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले विश्वका धेरै वटा देशका तानासाहले राखेको स्वीस बैंकको पैसा फिर्ता हुन समेत गाह्रो भएको भन्दै कालो धन त्यहाँ गएको भएपनि त्यसको विवरण पाउन र फिर्ता गराउन सहज नभएको बताए ।
‘स्वीस बैंकमा परिवारका सदस्यहरुलाई समेत खाताको जानकारी नदिने सर्तमा खाता संचालन गरिएको हुन्छ’ उनले भने, ‘यदि फर्काउन सहज बाटो खोज्ने हो भने पारस्पारिक कानुनी सहायता सन्धी गरेर त्यसपछि प्रक्रिया अघि बढाउदा उपयुक्त हुन्छ ।’
यसैबीच समितिले स्वीजरल्याण्डको एचएसवीसी बैकमा रहेको भनिएको नेपालीको पाँच अर्व रकमका विषयमा छानविन गरी कानुनी दायरामा ल्याउन सरकार र राष्ट्रबैंकलाई निर्देशन दिएको छ ।
समितिको बैठकले राष्ट्र बैंक र सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई नेपालीहरुको अन्य कुन–कुन देशमा खाता छ र त्यसमा त्यसको बैधानिक अवस्था के छ भन्ने लगत राख्न पनि निर्देशन दिएको हो ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो