काठमाडौं। विवादित प्रस्ताव निर्माण समितिले नयाँ संविधानसभाको अन्तर्वस्तुमा रहेको असहमतिलाई समेटेर २ सय ४२ वटा प्रश्न तयार पारेको छ। समितिले ७ वटा प्रतिवेदनमा रहेका असहमतिका विषयलाई समेटेर प्रश्न निर्माण गरेको हो।
राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदनमा रहेका असहमतिका विषयमा उपसमितिले आइतबार ७२ वटा प्रश्नसहितको प्रतिवेदन समितिलाई बुझाएको छ। उपसमितिले शनिबार नै अन्य छवटा प्रतिवेदनमा रहेका असहमतिमा प्रश्न बनाएर बुझाएको थियो ।
राज्य पुनःसंरचनाका विषयमा ३ वटा मात्र उपप्रश्न तयार पारिएको छ । ती तीनवटा प्रश्नमा ‘वा’ उल्लेख गरिएको छ। मूल प्रश्न नै बढी भएकाले उपप्रश्न धेरै आवश्यक नपरेको समितिका सदस्यहरूले जनाएका छन् । उपसमितिले आइतबार बुझाएको प्रतिवेदनलाई समितिले सोमबार अनुमोदन गर्नेछ ।
उपसमितिले अघिल्लो संविधानसभाकै बेला तयार पारिएका ७८ वटा प्रश्नलाई आधार मानेर ७२ वटामा झारेको हो। त्यसमा केही प्रश्न असान्दर्भिक रहेकाले हटाएर नयाँ थप गरिएको उपसमितिका संयोजक अग्नि खरेलले जानकारी दिए।
राज्य पुनःसंरचना गर्दा संघीय राज्यको संख्या कति बनाउने भन्ने मूल प्रश्न बनाइएको छ। त्यसमा पाँचदेखि १४ सम्म हुनुपर्ने भन्ने विभिन्न राजनीतिक दलको धारणालाई समावेश गरेर प्रश्न तयार गरिएको उपसमितिका संयोजक खरेलले जानकारी दिए। ‘प्रश्नावलीमा सीमांकन र प्रदेशलाई पनि राखिएको छ,’ उनले भने।
अहिलेसम्म प्रस्तावना, मौलिक हक, संवैधानिक निकायको संरचना, न्याय प्रणाली, शासकीय स्वरूप, व्यवस्थापिकीय अंगको स्वरूप निर्धारण र राज्य पुनःसंरचना समितिको प्रतिवेदनमा रहेका विवादमा प्रश्नावली तयार भइसकेको छ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?