काठमाडौं। विवादित प्रस्ताव निर्माण समितिले नयाँ संविधानसभाको अन्तर्वस्तुमा रहेको असहमतिलाई समेटेर २ सय ४२ वटा प्रश्न तयार पारेको छ। समितिले ७ वटा प्रतिवेदनमा रहेका असहमतिका विषयलाई समेटेर प्रश्न निर्माण गरेको हो।
राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदनमा रहेका असहमतिका विषयमा उपसमितिले आइतबार ७२ वटा प्रश्नसहितको प्रतिवेदन समितिलाई बुझाएको छ। उपसमितिले शनिबार नै अन्य छवटा प्रतिवेदनमा रहेका असहमतिमा प्रश्न बनाएर बुझाएको थियो ।
राज्य पुनःसंरचनाका विषयमा ३ वटा मात्र उपप्रश्न तयार पारिएको छ । ती तीनवटा प्रश्नमा ‘वा’ उल्लेख गरिएको छ। मूल प्रश्न नै बढी भएकाले उपप्रश्न धेरै आवश्यक नपरेको समितिका सदस्यहरूले जनाएका छन् । उपसमितिले आइतबार बुझाएको प्रतिवेदनलाई समितिले सोमबार अनुमोदन गर्नेछ ।
उपसमितिले अघिल्लो संविधानसभाकै बेला तयार पारिएका ७८ वटा प्रश्नलाई आधार मानेर ७२ वटामा झारेको हो। त्यसमा केही प्रश्न असान्दर्भिक रहेकाले हटाएर नयाँ थप गरिएको उपसमितिका संयोजक अग्नि खरेलले जानकारी दिए।
राज्य पुनःसंरचना गर्दा संघीय राज्यको संख्या कति बनाउने भन्ने मूल प्रश्न बनाइएको छ। त्यसमा पाँचदेखि १४ सम्म हुनुपर्ने भन्ने विभिन्न राजनीतिक दलको धारणालाई समावेश गरेर प्रश्न तयार गरिएको उपसमितिका संयोजक खरेलले जानकारी दिए। ‘प्रश्नावलीमा सीमांकन र प्रदेशलाई पनि राखिएको छ,’ उनले भने।
अहिलेसम्म प्रस्तावना, मौलिक हक, संवैधानिक निकायको संरचना, न्याय प्रणाली, शासकीय स्वरूप, व्यवस्थापिकीय अंगको स्वरूप निर्धारण र राज्य पुनःसंरचना समितिको प्रतिवेदनमा रहेका विवादमा प्रश्नावली तयार भइसकेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते