बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: १८:२५ | UK Time: 13:40

वार्ताका लागि पहल गर्न राष्ट्रपतिको आग्रह

वीनेपाली
२०७१ माघ २४ गते २०:१५

काठमाडौै। राष्ट्रपति रामवरण यादवले सबैभन्दा ठूलो दल भएको नाताले एकीकृत माओवादी नेतृत्वको मोर्चासँग तत्काल वार्ता थाल्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका छन् ।Rambaran Yadav

राष्ट्रपति यादवले शनिबार कांग्रेसका शीर्ष नेतालाई शीतलनिवास बोलाएर दलीय वार्ता शुरु गर्न आग्रह गरेका हुन् । शनिबार साँझ कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल राष्ट्रपति यादवलाई भेट्न शितल निवास पुगेका थिए। भेटमा राष्ट्रपति यादवले सहमतिका लागि लचिलो बन्न आग्रह गरेका छन्।

उनले विपक्षी दलहरूले सहमति छाडेर आन्दोलनको बाटो लिए भन्दैमा सत्तारूढ दलहरूले संवाद छाड्न नहुने बताएका थिए । राष्ट्रपति यादवले संविधानसभाको सबैभन्दा ठूलो दल र सरकारको नेतृत्वकर्ताका हिसाबले पनि कांग्रेसले दलीय सहमतिको पहल लिनुपर्ने बताए ।

आन्दोलनकारी शक्तिबीच सहमति हुन नसक्दा विगतका उपलब्धि संस्थागत हुन नसकेको स्मरण गराउँदै राष्ट्रपति यादवले कम्तीमा माओवादी र मधेसवादी दललाई साथै लिएर अघि बढ्न आग्रह गरेका थिए । उनले विमतिका बीच सहमति खोज्न आग्रह गर्दै विषयमा सहमति नभए प्रक्रियामा भए पनि साथै लिएर अघि बढ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक