लन्डन । पोखरामा आयोजना हुने १३ औं आहा रारा गोल्ड कप फुटवल प्रतियोगितामा भिड्न अल्डरसट टाउन एफसीका बेलायती खेलाडी नेपाल प्रस्थान गरेका छन् । १६ खेलाडी सम्मिलित समूह शुक्रवार सांझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौं उत्रंदा उनीहरुको भव्य स्वागत समेत भएको छ ।
नेपालमा प्रतिष्पर्धा गर्न उत्रेको अल्डरसट टाउन एफसी इतिहासमै पहिलो युरोपेली क्लव भएको छ ।
१२ क्लवले प्रतिष्पर्धा गर्ने उक्त कप यो बेलायती टिमले जित्ला नजित्ला, तर उक्त क्लवको यहांका मिडियाले भने खुब महत्व दिएर प्रचार प्रसार गरेका छन् । नेपाल उड्नुअघि अन्तिम प्रशिक्षणका क्रममा बीबीसी साउथले हिउंले ढाकिएको बोर्ले रोडस्थित मैदानमै गएर टिमको तयारी र अपेक्षाबारे रिपोर्ट बनायो ।
अल्डरसट टाउन अध्यक्ष साहिद अजिमले आफ्ना खेलाडी क्लवका लागि राजदूत भएको उल्लेख गर्दै आफूहरु नेपालमा खेल्ने युरोपमै पहिलो क्लव भएर इतिहास रचेकोमा गर्व गरेका छन् । ‘यो महत्वपूर्ण हो कि हामी नेपाली जनता र संस्कृतिको सम्मान गर्छौं’, अजिमले भने, ‘हाम्रो क्लव नेपाली समुदायसंग अल्डरसटमा थप सम्वन्ध विस्तार गर्न चाहन्छ ।’
‘यो जीवनमै एकपटक आएको अवसर हो’, स्ट्राइकर एस्ले बेलिसले भनेका छन्, ‘नेपालमा करिब १५ हजार दर्शक सामु खेल्न पाउंदा ज्यादै रोमाञ्चक हुने विश्वास
छ ।’
अर्का स्ट्राइकर १८ वर्षीय डान मेलर्सले होलिडेका लागि नभई टुर्नामेन्ट जित्नु आफूहरुको प्रमुख उद्देश्य हुने बताए । उनलाई ट्रफीसहित आफ्नो टिम बेलायत फर्कने आशा समेत छ । १७ वर्षीय गोल्ड किपर आदम नोर्टनले अर्काे देश (नेपाल) मा गएर खेल्न पाउनुलाई महान अवसर भनेका छन् ।
अल्डरसट टाउन एफसीले आगामी फेब्रुअरी १० मा क्वार्टर फाइनल खेल्नु अघि काठमाण्डौं पुलिस र सहारा एकेडेमीसंग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
अल्डरसट टाउन एफसी र नेपाली खेलाडीहरु सम्मिलित सहारा यूकेबीच घनिष्ट सम्वन्ध छ । यी दुई टिमले मैत्रीपूर्ण खेल समेत खेलेर आपसी सम्वन्ध सुदृढ गरिरहेका छन् ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं