काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गराउने भएको छ ।
काठमाडौंमा सञ्चालित सबै सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र दुईवटा सिटको आरक्षण कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं तयार भएको हो ।
विगत दुई वर्षदेखि सार्वजनिक सवारी साधनमा ५० प्रतिशत भाडमा छुटको हुनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकहरु मीनभवनस्थित यातायात व्यवस्था विभागमा धर्ना बस्दै आएका छन ।
सार्वजनिक सवारी साधनमा छुट दिने निर्णय व्यवाहारिक रुपमा कार्यान्वयन गराउन धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकहरु शुक्रवार काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।
गत भदौमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सबै सार्वजनिक सवारी साधनमा दुईवटा सिट र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने निर्णय गरे पनि अहिलेसम्म कार्यान्यवन हुन सकेको छैन ।
प्रशासन कार्यालय पुगेका ज्येष्ठ नागकिलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ऐकनारायण अर्यालले अब ज्येष्ठ नागरिकको माग केही हदसम्म पूरा भएकाले धर्ना बस्न नपर्ने बताए ।
ज्येष्ठ नागरिक संयुक्त संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकको माग अरु पनि बाँकी रहेकाले अहिले नै धर्ना अन्त्य नहुने बताए ।
काठमाडौंमा मात्र नभई देशैभरी सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकले छुट पाउनुपर्ने र हाल सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता तीन हजार रुपियाँ पुर्याउनुपर्ने र अस्पतालमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्ने ज्येष्ठ नागरिकहरुको माग छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते