काठमाडौ। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेतृत्वको चक्रिय प्रणाली विवाद समाधान गर्न राप्रपाको विशेष महाधिवेशन माग गरेका छन्।
भक्तपुर लोकन्थलीस्थित निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्व प्रधानमन्त्री चन्दले पशुपति शम्शेर राणा राप्रपाको अनाधिकृत अध्यक्ष भएको बताए। 
‘राप्रपाको महाधिवेशनले पार्टीको नेतृत्व चक्रिय प्रणाली बारेमा कसैलाइ कुनै भ्रम भए विशेष महाधिवेशन बोलाइ कार्यकर्ताबाट छिनोफानो गर्न तयार रहेको पनि स्पष्ट गर्न चाहन्छु,’ चन्दले भनेका छन् ।
करिब दुई वर्षअघि भएको महाधिवेशनले पहिलो वर्ष सूर्यबहादुर थापा, दोस्रो वर्ष लोकेन्द्रबहादुर चन्द, तेस्रो वर्ष पशुपति शम्शेर जबरा र चौथो वर्ष प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष बनाउने प्रस्ताव महाधिवेशनले पारित गरेको चन्द पक्षले बताउँदै आएका छन् । तर थापा र राणाले भने प्रस्ताव आएपनि महाधिवेशनले पारित नगरेको जनाउँदै आएका छन् ।
अनधिकृत अध्यक्षको पगरीको आडमा राणाले पार्टीको कार्यकर्ता, विभिन्न निकायहरु र जनताबीच राप्रपा अध्यक्ष भनि गरेको भ्रमपूर्ण प्रचार बारे सचेत हुन चन्दले अनुरोध गरेका छन् ।
करिब एक वर्षदेखि राप्रपा भित्र नेतृत्व विवाद चल्दै आएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते